राष्ट्रिय प्रशारण लाइनमा जोडिदै दाङ, आज उद्घाटन गरिदै

गोकर्ण पौडेल,
हापुरे, ९ फाल्गुन ।
१३३ के.भि क्षमताको राष्ट्रिय प्रसारण लाइन जोडेर आज उद्घाटन गरिने भएको छ । बाँकेको कुसुमबाट सिधै पश्चिम दाङको च्याँटीखोला स्थित सवस्टेसनमा ६वर्ष निर्माण कार्य सुरु भएको प्रसारण लाइनको १३३ के.भी क्षमताको राष्ट्रिय प्रसारण लाइन चालीस महिनापछि जोडिन लागेको हो । च्याँटी खोलादेखि तुलसीपुरसम्मको विद्युत लाईन विस्तार कार्य सम्पन्न भएको छ । एक कार्यक्रमबा बिच आज उद्घाटन गरेर विद्युतलाई (हस्तान्तरण) गर्ने लक्ष्य राखिएको निर्माण कम्पनीका साइड सुपरभाइजर लक्ष्मीकुमार बुढाले जानकारी दिनुभयो । उद्घाटन गर्न उर्जा मन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ आउने कार्यक्रम तय भएको छ ।

लाइन विस्तारको काम सकिएकाले च्याँटीखोलादेखि गहते खोलासम्मको ६८ स्थानमा जम्पर(लाइन जोड्ने) र लाइलन चेक गर्ने कार्य मात्रै बाँकी रहेको सुपरभाइजर बुढाले बताउनुभयो । ‘८÷१० वटा पोल गाडिसेकेपछि केही भाग खाली राखेर फेरी अरु पोल गाड्छौ,’– सुपरभाइजर बुढाले भन्नुभयो–‘ बिचको दुरीलाई जोड्ने कार्यलाई जम्पर भन्छौ ।’ डबल सर्किटमा स्टील ट्यूवलर पोलमा विस्तार गरिएको राष्ट्रिय प्रसारण लाइन एउट तुलसीपुरको सवस्टेसन र अर्को दुधरास स्थित सोनापुर सिमेन्टमा पु¥याइने छ । सोनापुरका लागि तुलसीपुरको गहतेखोला देखि बबई नदीको किनारैकिनार हुदै पत्रेफाल्ने खोलाबाट ३३ केभिको लाइन विस्तार गरिनेछ ।

नेपाल विद्युत प्राधिकारणको सव स्टेशन बबई ५ च्याटीखोलामा उद्घाटनका लागि तयार गरिएको मञ्च

नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जले पनि अब छिट्टै लाईन चार्ज गर्ने बताएको छ । लाइन सुचारु गर्ने बित्तिकै दाङ, सल्यान, रोल्पा र रुकमका लाखौ उपभोक्ताहरुले बर्षौ देखि खेप्दै आएको कम भोल्टेजको समस्याबाट मुक्ती पाउने क्षेत्रीय प्रमुख मनोजकुमार सिङले बताउनुभयो । ‘कन्टयाक्टले काम सम्पन्न गरिसकेको छ,’ क्षेत्रीय प्रमुख सिङले भन्नुभयो ‘अब लाइन डिम भयो, लोडसेडिङ भयो, फ्युज गयो भन्ने जनताको गुनासो सुन्नु पर्दैन ।’ राष्ट्रिय प्रसारण लाइनमा जोडिएमा १५ बर्षसम्म जति उद्योगधन्दा खुले पनि पुग्ने क्षेत्रीय कार्यालयले बताएको छ । यस अघि जिल्लामा लोभोल्टेजको समस्या झेल्दै आएका व्यवसायीहरु लाइन जोडिने भएपछि खुसी भएका छन् ।

२२ महिना अघि काम सक्ने गरी त्रिपुरेश्वर कन्डक्टर र जयदुर्गे इन्जिनिरिङ जेभिले नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जसँग १० करोड ११ लाखमा सम्झौता भएको थियो । विभिन्न समयमा थप गरिएको समयमा पनि काम पुरा नगरेपछि प्राधिकरणले अन्तिम पटक भन्दै पुनः २०७५ चैत्र मसान्त सम्म म्याद थप गरिदिएको थियो । यता निर्माण कम्पनीले भने स्थानीय र सडकको विवादका कारण समयमै काम गर्न नसकिएको बताउदै आएको थियो । स्थानीय प्रशासन, डिभिजन सडक, र विद्युत प्राधिकरणको सहयोगमा पछिल्लो पटक तोकेको समयमा काम सम्पन्न गर्न सफल भएको निर्माण सेवाका डाइरेक्टर सागर लुइटेलले बताउनुभयो । फागुन २०७३ मसान्त सम्म हापुरे–तुलसीपुर लाइन विस्तारको काम सक्नेगरि २० भदौ २०७२ र भदौ २०७४ मसान्त सम्म तुलसीपुर देखि दुधराससम्मको काम पुरा गर्नेगरि २६ असाढ २०७३ मा कम्पनीले दोस्रो सम्झौता गरेको थियो । हापुरेदेखि तुलसीपुर सम्म ७ करोड र तुलसीपुरदेखि दुधराससम्म ३ करोड ११ लाख रुपैयाँमा काम गर्ने सम्झौता पत्रमा उल्लेख छ । अन्तिम पटक थप गरिएको समयमा पनि काम पुरा नभएको भए प्राधिकरणले कुल बजेटको १० प्रतिशतका दरले बिलम्ब शुल्क जरीबाना गर्ने र सम्झौता समेत तोड्ने अवस्थामा पुगेको थियो ।

तपाईको प्रतिक्रिया