उर्जामन्त्रिको उद्घोष : आजदेखि दाङमा विजुली फालाफाल !

हापुरे (दाङ) ९ फागुन । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले दाङमा अब बिद्युतको समस्या नभएको बताउनु भएको छ ।

हिजोका दिनमा कम भोल्टेजको समस्या भए पनि अवदेखि त्यो समस्या नरहने बताउनु भएको हो। ‘ दाङबाट लो भोल्टेज भयो भनेर पटक–पटक गुनासो आउने गथ्र्यो’ उहाँले भन्नु भयो अब त्यस्तो समस्या रहदैन् ।’बरु विद्युत काहाँ खपत गर्ने भन्ने चिन्ता बढ्ने दिन आएको बताउनु भएको छ ।

उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै मन्त्रि पुनले भन्नु भयो – यसअघि दाङमा लमहीबाट घोराही हुँदै तुलसीपुर ३३ केभिको प्रशारणलाईन मात्रै थियो । परिणामस्वरुप दाङवासीहरुलाई कम भाल्टेजको समस्याले सताई रहन्थ्यो । तर आज देखी त्यो समस्या अन्त्य भएको छ । आज देखी औपचारिकरुप्मा १३२ केभीको हापुरेको सबस्टेशन सूचारु भएको छ । अव दाङमा दाङमा उपलब्ध बिद्युतलाई सहि ठाउँमा सदुपयोग गर्नु पर्ने बताउनु भएको छ । ‘

दाङलाई दुई वर्षभित्रै विद्युतीकरण गरिने योजना रहेको भन्दै अहिले उपलब्ध विद्यूतलाई बढि भन्दा बढि उत्पादन बढाउन कल कारखाना खोली विद्युतलाई सदुपयोग गर्नु पर्ने बताउँनु भयो ।

पहिले लो भोल्टेज भनेर धेरै गुनासो आउँथे’ उनले भने ‘ तर अब भने उत्पादन भएको एकतिहाई बिद्युत पनि प्रयोगमा आउँदैन् की भन्ने चिन्ता छ ।’ बिभिन्न कारणले लामो समयसम्म पनि प्रयोगबिहीन अबस्थामा रहेको उक्त बिद्युत सञ्चालनमा ल्याउनुले दाङमा थप बिकसित भएको समेत बताउँनु भयो । अब दाङमा बिभिन्न ठूला उद्योगहरु खुल्ने र थप समृद्धिको मार्गमा लैजाने समेत बताउनु भयो ।

मन्त्रि पुनले –ठेकेदारको लापरबाहीले गर्दा काम ढिला हुने भएकाले पनि धेरै बिद्युत निर्माणका कार्यले समयमै पूर्णता नपाएको तर जनप्रतिनिधिको हातमा सत्ता आएदेखि ठेकेदारहरुले समयमै काम पुरा गर्ने गरेको भन्दै उहाँले अब समयमै काम पूरा गर्ने ठेकेदारलाई लिस्ट बनाएर निर्माणको जिम्मा दिनुपर्ने बताउनु भयो ।

मुलुकमा राजनीतिक लडाई सकिएको र अब समृद्धिको मार्गमा अघि बढ्नुपर्ने अबस्था रहेको र त्यही अनुसार उर्जा मन्त्रालय पनि बिकास मार्गमा अघि बढिसकेको बताउनु भयो । उहाँले तीन बर्षभित्र सबै नेपालीलाई बिद्युतको पहुँचमा पु¥याउन लक्ष्य रहेको समेत बताए ।

उहाँले दाङको बाँझो जग्गालाई सिंचित गर्न पनि मन्त्रालयले अध्ययन गरिरहेको बताउनु भयो । पुनका अनुसार दाङको सिंचाईका लागि बृहत दाङ सिंचाई आयोजनाले रोल्पाको माडी, सल्यानको शारदाको दाङ ल्याउने कार्यका लागि अध्ययन भईरहेको साथै बबई नदीको पानीलाई पनि सिंचाईका लागि प्रयोग गर्नका लागि योजना निर्माण गर्ने काम भईरहेको बताउँनु भएको छ । नेपाल जलस्रोतको धनि देश भएको भन्दै नेपालीको पानीलाई सिंचाई, बिद्युत लगायतका क्षेत्रमा लगानी गरि समृद्धिको आधार खडा गर्ने योजना मन्त्रालयले बनाएको समेत उहाँको भनाई छ ।

त्यस अवसरमा मन्त्रायलका सचिब दिनेश कुमार घिमिरे, नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंङ, प्रदेश नं ५ का प्रदेशसभा सदस्य ईन्द्रजीत थारु, बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेललगायतले उक्त दाङमा अब बिगतजस्तो बिद्युत लोडसेडिङ्को समस्या अन्त्य हुने बताउनु भएको थियो ।

दाङमा स्थापना भएका सिमेन्ट उद्योगलाई बिद्युत उपलब्ध गराउने, दाङको लोडसेडिङ्को समस्या हल गर्न सबस्टेशन सञ्चालनमा ल्याईएको हो । ४३ करोड ८६ लाख लागतमा उक्त सबस्टेशन निर्माण भएको हो । २०६६ सालदेखि निर्माण कार्य शुरु भएको उक्त सब–स्टेशनको काम तीन सिफ्टमा काम पुरा गरिएको हो ।

बिभिन्न कारणले लामो समयदेखि प्रयोग बिहीन थियो । उक्त बिद्युत सेवा शुरु भएसंगै अब दाङ तुलसीपुरमा ३३ केभि, दाङको पश्चिम क्षेत्रमा ३३ केभि तथा सोनापुर सिमेन्टमा ३३ केभि बिद्युत प्रयोग हुनेछ । त्यो बाहेकको विद्युत दाङवासीहरुले जति प्रयोग गरेपनि फालाफाल हुनेछ भने ठूला–ठूला उद्योगहरु पनि सञ्चालनमा ल्याउन सकिने बिद्युत सबस्टेशनका बजुभुषण चौधरीले बताउँनु भएको छ ।

तपाईको प्रतिक्रिया