हात्ति पाईल रोग विरुद्धको वडा स्तरीय ओरिन्टेसन कार्यक्रम सम्पन्न

सन्तोष के सी
तुलसीपुर, ९ फाल्गुन । तुलसिपुर उपमहानगर पालिका वडा न ७ मा आज एक कार्यक्रमका बिच हात्ति पाईले (फाइलेरिया) रोग निवारण कार्यक्रम अन्तर्गत वडा स्तरिय ओरिन्टेसन कार्यक्रमको आयोजना गरि बिभिन्न क्षेत्रका ब्यक्तिहरु सँग हात्तीपाईले बिरुद्धको सचेतना अभियान कार्यक्रम गरिएको छ ।

स्वास्थ्य माहासाखा तुलसिपुरको आयोजनामा एक दिने हात्ती पाइले रोग विरुद्धको वडा स्तरीय ओरिन्टेसन कार्यक्रम सञ्चालन गरिएको छ ।
तुलसिपुर उपमहानगर पालिका वडा न ७ का अध्यक्ष्य टोप बहादुर के सीको अध्यक्षतामा भएको कार्यक्रममा हात्तीपाईले रोग लागि सकेपछि ब्यतिm र समाजमा पार्ने असर र कार्यक्रम गर्नुको उद्देश्यको बिषयमा स्वास्थ्य माहासाखा तुलसिपुरका सह संयोजक बसन्त आचार्यले जानकारी गराउनु भएको थियो । कार्यक्रमको सहजीकरण हरि कुमारी डि सीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया