साहित्य र संगीतमय बन्दै हापुरे

हापुरे, ९ फागुन । दाङको बबई गाउँपालिका स्थित हापुरेमा प्रथम बबई साहित्य गोष्ठी २०७५ हुने भएको छ । यहि फाल्गुन ११ गते शनिवारका दिन श्री जनकल्यान मावि पदमपुर हापुरेको प्राङगणमा भव्यताकासाथ स्थानीय तथा राष्ट्रिय दर्जन बढि साहित्यकारहरुको उपस्थितिमा साहित्य गोष्ठी हुन लागेको हो ।

कार्यक्रम विहान १०ः०० देखि वेलुका ४ः०० वजे सम्म सञ्चालनमा हुनेछ । साहित्य गोष्ठीमा कविता वाचन, साहित्यीक बहस र जनकलाकार जीवन शर्माको सांगीतीक प्रस्तुती रहेको प्रथम बबई साहित्य गोष्ठी २०७५का अध्यक्ष प्रमोद धितालले जानकारी गराउँनु भएको छ ।

साहित्य मार्फत जनचेतनाको अभिवृद्वि र गीत संगीतको माध्यमबाट सामाजिक साँस्कृतिक रुपान्तरणमा योगदान गर्नको लागि साहित्य गोष्ठीको आयोजना गरिएको बताईएको छ ।

बबई गाउँपालिकाको आर्थिक सहयोग तथा “प्रथम बबई साहित्यिक गोष्ठी २०७५” को आयोजनामा हुन लागेको साहित्य गोष्ठीमा जनकलाकार जीवन शर्मा, बरिष्ठ साहित्यकार तथा पत्रकार नारायण प्रसाद शर्मा, डा. कृष्णराज डि.सी., यज्ञबहादुर डाँगी, टिकाराम उदासी, पुरुषोत्तम आचार्य, गिरीराज शर्मा, लेखराज रेग्मी, शरद देवकोटा, पद्मप्रसाद शर्मा, रामप्रसाद जैसी, केशव थापा, रन्जित बुढा, दिपा धिताल, राधिका परियार, खगेश्वर भण्डारी टिका वस्नेत, घनश्याम अस्तित्व, प्रवल विष्ट, प्रकाश केसी, शरद अधिकारी लगायतका साहित्यकार तथा कलाकारहरुको विशेष उपस्थितिमा सम्पन्न हुने भएको छ ।

औपचारिक कार्यक्रम ११ गते हुने भए पनि कलाकार तथा साहित्यकारहरुको विचमा अनौपचारिक परिचयात्मक एवं कविता वाचन कार्यक्रम भोली वेलुका १० गते हुने आयोजकले जनाएको छ । कार्यक्रममा हापुरेवासी सवै साहित्य तथा संगीत प्रेमीहरुलाई चुले निम्तो गरिएको छ । कार्यक्रममा कुनै टिकटको व्यवस्था नगरिएको आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया