अस्ताए जनताका प्यारा नेता, कम्युनिष्ट पार्टीका रातो तारा

तुलसीपुर १० फागुन ।
आजभन्दा ३६ वर्षपहिले दाङ्गको श्रीगाउँमा जन्मिएका उत्तर कुमार वलीको स्कुले जीवन गाउँकै सिद्धपृथ्वी माविमा वित्यो । काँग्रेसको गढ मानिने श्रीगाउँमा उनी सानैदेखि वामपन्थी विचार राख्ने गर्थे ‘काँग्रेसहरुले धम्की दिँदा पनि नडराएर प्रतिवाद गरिरहनुभयो’ उनका एक सहपाठीले भने ।

श्रीगाउँ स्कुलमा कक्षा १० मै पढ्दाखेरी उनी अनेरास्ववियु प्रारम्भिक कमिटीको सदस्य भएका थिए । घरको आर्थिक अवस्था जटिल भएका कारणले पनि ओली वामपन्थी आन्दोलनमा लागेका थिए । ‘काँग्रेसहरुले साह्रै सताए तर पनि निर्भिक भएर लडिरहे’ उनका सहपाठीले वताए । २०५३ मा प्रारम्भिक कमिटिको सदस्य भएका ओली क्षेत्रिय सदस्य हुँदै २०५५ मा अनेरास्ववियुको जिल्ला सदस्य समेत भए ।

जनतासँगै रमाउँने नेता

ओलीलाई नजिकबाट चिन्नेहरु उनलाई जनताकै विचमा रहने नेताका रुपमा लिन्छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ५ नंवर प्रदेश कमिटि सदस्य नेता भिम वहादुर वलीले माननीय उत्तर कुमार वलीलाई विकासप्रेमी र विरोधीहरुलाई अन्दस्पोट एक्सन लिन सक्ने जुझारु र आँटिला नेता भएको बताउनु भएको छ। ‘उहाँले निर्वाचन हारे पनि जनताको सुखदुखका सँगै रहन छाड्नुभएन’ अर्का नेता भिमवहादुर योगीले भन्नुभयो ।पार्टी कार्यकर्तालाई उत्प्रेरित गर्नमा सधै लागिरहने नेताका रुपमा उहाँलाई लिने गरिन्थ्यो । पार्टीलाई वलियो वनाउन सकियो भने मात्रै लक्ष्यमा पुग्न सकिन्छ भन्ने उहाँको सोच रहेको उहाँका समकक्षीहरु बताउछन् ।

‘जनताले उहाँको निकै आडभरोसा मान्ने गर्दथे’ ववई गाउँपालिकाकी उपाध्यक्ष सावित्रा विश्वकर्माले भन्नुभयो– ‘इमान्दरी र जनताको शुख दुःखमा साथ दिने नेता मात्र हैन कुसल संगठक पनि हुनुहुन्थ्यो ।’

स्थानीय तहको निर्वाचनमा पश्चिम क्षेत्रमा एमालेलाई अब्बल वनाउनका लागि ओलीले निकै प्रभावकारी भुमिका वहन गरेको स्थानीय नेता कार्यकर्ताले वताउछन् । विपक्षीसँग जस्तो सुकै परिस्थितिमा पनि लड्न सक्ने खुवी भएको निर्भिक नेता भएकाले गर्दा स्थानीय नेताहरुले उनको ठूलो आडभरोसा मान्ने गर्थे । २०४१ बैशाख १५ गते जन्मनु भएका वलीका श्रीमती बिमला, ९ र ६ बर्षका छोरा प्ररणय र प्रतिक छन् ।

पार्थिव शरिरलाई हेलीकप्टर मार्फत दाङ ल्याईयो

सांसद ओलीको पार्थिव शरिरलाई नेपाली सेनाको हेलीकप्टर मार्फत तुलसीपुर ल्याइएको छ । हेलीकप्टरले करिब २ बजे तुलसीपुरको टरीगाउँ एयरर्पोटमा ल्याई पु¥याएको थियो । ओलीको पार्थिव शरिर ल्याउदै गरेको खबर पाएपछि सयौं नेता तथा कार्यकर्ता, जनप्रतिनिधी, सुरक्षा निकायका प्रमुख, शुभेच्छुकहरु, आफन्तहरु श्रद्धाञ्जलीका लागि एयरपोर्टमै पुगेका थिए । सांसद ओलीकी धर्मपत्नी बिमला ओलीलाई भावव्यहोल अवस्थामा देखेपछि त्यहाँ पुगेका अधिकांसले मन थाम्न सकेका थिएनन् ।

यसैविच ओलीको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि तुलसीपुरको पार्टी कार्यालयमा पौने दुई घन्टा राखिएको थियो । सो अवसरमा प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती, आन्तरीक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरी, नेकपाका प्रदेश सचिव जगप्रसदा शर्मा ‘अपार’, महिला नेतृ सुजिता साक्य, नेताहरु शोभाराम बस्नेत, टिकारम खडेका, तुलसीपुर उपमहानगर पालिकाका मेयर घनश्याम पाण्डे, बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल, दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरी, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, लगाएतका सयौं नेता तथा कार्यकताले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

अन्त्यष्टि भोली

यसैविच सांसद ओलीको पार्थिव शरिरलाई ओली १० बजे दंगीशरण गाउँपालिकाको चिरेघाट खोलामो अन्त्यष्टी गरिने छ । त्यस अघि ओलीको पार्थिव शरिरमा प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले पार्टीको झण्डा ओढाएपछि प्रदेश प्रहरीले सलामी अर्पण गर्ने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

वडा शोक पुस्तीका राख्ने
प्रदेश नम्वर ३ ख का सांसद उत्तरकुमार वलीको निधनमा तुलसीपुर उपहानगरपालिकाले ३ खअन्तर्गतका वडा कार्यालयहरु शोकमा एक दिन वन्द गरिएको छ । उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेका अनुसार ३ ख अन्तर्गत पर्ने वडा नम्वर १, २ ,१० र ११ का वडा कार्यालयहरु शोकमा एक दिन बन्द गरिउको र १३ दिनसम्म वडा कार्यालयहरुमा शोक पुस्तिका राख्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया