शाहको जिकिर “नेबि संघले पर्यटन बिश्वबिद्धालय स्थापनालाई अबको प्रमुख एजेन्डा बनाउनपर्छ”

८ चैत, काठमाडौं ।  नेपाली विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपालमा पर्यटन बिश्वबिध्यालय स्थापना गर्नुपर्ने बताएका छन। नेपाल पर्यटनको हिसाबले निकै धनी देश भएको भन्दै हामिले पर्यटन बिश्वबिद्धालय स्थापना गर्ने सके त्यस्ले नेपालको पर्यटनलाई एउटा उचाईमा पुर्याउने पनि शाहको बुझाई रहेको छ। शाहले नेपाल विद्यार्थी संघको अबको प्रमुख एजेन्डा पनि पर्यटन बिश्वबिद्धालय स्थापना गर्नुपर्ने नै भएको जिकिर गर्दै यो एजेन्डामा सबै विद्यार्थी संगठनहरु एक हुन पनि अपिल गरेका छन। हाम्रो प्रमुख एजेन्डा यहि हो जसरी पनि हामी पर्यटन बिश्वबिद्धालय स्थापना गरेर छोड्छौ शाहले भनेका छन। बिहीवार सामाजिक संजाल फेस्बुक मार्फत आफ्नो धारना सार्वजनिक गर्दै पुर्व उपाध्यक्ष शाहले अब बन्ने नेपाल विद्यार्थी संघको नेतृत्वले मुद्धालाई निर्णय गरेर जाओस भनेर सुझाव पनि दिएका छन। शाहले अब बिकाशको युग सुरु भएकाले अबको विद्यार्थी आन्दोलनको एउटा प्रमुख एजेन्डा यस्लाई पनि बनाएर लैजानु पर्ने तर्क गरेका छन।

तपाईको प्रतिक्रिया