नेपालले फाइलन जिते जनही दुई लाख पुरस्कार घाेषणा

चैत ८, विराटनगर।  नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ को शुक्रबार भएको निर्णयअनुसार सो पुरस्कार दिने घोषणा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।
मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल समूह दोस्रो विजेता भएमा खेलाडीको हौसला बढाउन जनही रु एक लाख प्रदान गर्ने निर्णय भएको छ ।
बैठकपछि मुख्यमन्त्री राईले खेलाडीलाई हौसला प्रदान गर्न प्रोत्साहन स्वरुप नगद पुरस्कार दिने निर्णय सरकारले गरेको स्पस्ट पारे ।
प्रदेशको अस्थायी राधजधानी विराटनगरमा फागुन २८ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल शुक्रबार दिउँसो ३ बजे सहिद रंगशालामा हुँदैछ। सन् २०१० बाट सुरु साफमा नेपाली टोली अहिलेसम्म चारपटक फाइनल पुगेको छ।
यस अघि साफको पहिलो, दोस्रो र तेस्रो संस्करणमा भारतसँगै पराजित भएर उपविजेतामा खुम्चिएको नेपाली टोलीले पाँचौं संस्करणको उपाधि रक्षाका लागि उच्च मनोबलका साथमा मैदानमा उत्रने तयारी गरेको प्रशिक्षक हरि खड्काले बताए ।
फागुन २८ गते शुरु भएको सो प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच आज अन्तिम खेल हुने भएको छ ।
यसैगरी, नेपाल समूह विजेत भएमा विराटनगर महानगरपालिकाले पनि थप पुरस्कार दिने प्रमुख भीम पराजुलीले यसअघि नै घोषणा गरिसकेका छन् ।
प्रतियोगिता विराटनगरको शहीद रङ्गशालामा भइहेको छ ।

तपाईको प्रतिक्रिया