भ्रस्ट र ग़द्दार नेताको वरिपरि धुप बालेर भजन कीर्तन गाउने भक्तभेडाहरुको मुखमा लगाम लगाउन हामी तयार हुन पर्छ : ज्वाला संग्रौला

भ्रष्ट , माफिया र खुफियाले चलाएको देशमा यदि साँच्चै बिधी र न्यायको शासन चलाउने हो भने जननेता मदन भण्डारीको हत्यारा र राजा बीरेन्द्रको बंश नाश गर्ने कमिनाहरु पत्ता लाएर जेल कोच्नु पर्छ। त्यो जेल जाने कमिनाहरुमा बिधा भण्डारी, केपी ओली, प्रचण्ड, शेरबहादुर र अरु थुप्रै पर्न सक्छन्। त्यसको लागि स्वतन्त्र नागरिकहरुले आफ्नो आफ्नो ठाउँबाट आवाज उठाउनु आवश्यक छ। यदि कुनै माईकलालले मैले ल्याएको गणतन्त्रमा ठूलो कुरो गर्छस् भन्यो भने त्यसलाई सिधै भनिदिनु कि तैंले तेरो मात्र थुतुनो घुमाउनको लागि गणतन्त्रको बाँसुरी फुकेको होस् भने तेरो गणतन्त्र तैं लैजा र मारिएका १७ हजार गरिबका छोराछोरी उनीहरुको परिवारलाई जस्ताको तस्तै बुझाई दे! सक्छ अरे?
हिजो एउटा सच्चा नागरिकको पक्षमा आवाज उठाउँदा यहाँ कलमले नै रेटिएर धेरै गणेहरुले उत्ताना टाङ लाए।ति उत्ताना टाङ लाउनेहरु कुनै नाम चलेको नेता नभएर सब बाटामा कराउँदै हिड्ने बिबेकहिन पाल्तु चरा , मुसा र फ्याउरा हरु थिए। यहाँबाट के स्पस्ट हुन्छ भने देशलाई खतरा ठूला भ्रष्ट नेताहरुबाट जति छ, त्यो भन्दा बढि यिनै पाल्तु कुकुर , अरिंगाल , धुपौरे र भरौटे हनुमानहरुबाट छ जो आफ्नो मालिकको चाकडीका लागि जुनसुकै हदसम्म पनि गिर्न तयार छन्। जबसम्म यस्ता नालायक ,कामचोर र एक भुँडी भात खान मालिककको जुत्ता बोक्ने भरिया कार्यकर्ता देशमा सल्बलाईरहन्छन्, तबसम्म भ्रश्ट नेताहरु जन्मेको जन्म्यै गरिरहन्छन् । तसर्थ भ्रस्ट र ग़द्दार नेताको वरिपरि धुप बालेर भजन कीर्तन गाउने भक्तभेडाहरुको मुखमा लगाम लगाउन स्वतन्त्र नागरिकहरु जुनसुकै अवस्थामा पनि तयार रहनु पर्छ। त्यसको लागि म त तयार छु! के तपाईहरु पनि तयार हुनुहुन्छ ??? जय स्वाभिमान !

(लेखिका ज्वाला संग्रौला जापान हुनुहुन्छ)

तपाईको प्रतिक्रिया