भारतले पाँचौ पटक जित्यो साफ महिला च्याम्यिनसिपको उपाधि, नेपाल पराजित

नेपाललाई ३–१ ले हराउँदै भारतले पाँचौ पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । भारतले यो प्रतियोगिताका सबै संस्करणको फाइनल जित्न सफल भयो भने नेपाल पहिलो पटक उपाधि जित्ने अवसरबाट बञ्चित रह्यो ।

भारतले खेलको २६ औँ मिनेटमा नै अग्रता लिएको थियो । भारतका लागि २६ औँ मिनेटमा डालिमा छिब्बरले सुरुवाती अग्रता दिलाएकी थिइन् । तर खेलको ३३ औँ नेपाली खेलाडी सावित्रा भण्डारीले हेडरमार्फत गोल गर्दै खेललाई बराबरी गरिन् ।

यो बराबरीलाई भारतले ६३ औं मिनेट अन्त्य गर्दै अग्रता लियो । भारतकी ग्रेस डाङ्मेइले गोल गर्दै भारतलाई अग्रता दिलाइन् भने ७७ औं मिनेटमा भारतीय खेलाडी अन्जु तामाङले निर्णायक गोल गरिन् ।

तपाईको प्रतिक्रिया