नायिका करिश्मा मानन्धर एसईईमा सहभागी, डा बाबुरामा भट्टराईले दिए शुभकामना

१० चैत, काठमाडौं । आजबाट सुरू भएकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नायिका करिश्मा मानन्धर पनि सहभागी भएकी छन् । उनी विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट परीक्षामा सहभागी भएकी हुन् ।

परीक्षा दिनका लागि मानन्धर आफैं बा९च ४२६ नम्बरको कार चलाएरर परीक्षा केन्द्र पुगेकी थिइन् । ४५ वर्षीया मानन्धरले कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी हुन्।

परीक्षा केन्द्रतर्फ प्रवेश गर्नुअघि करिष्मालाई कोरियोग्राफर गोविन्द राईले टीका लगाएर शुभकामना दिएका थिए ।

नयाँ शक्ति पार्टीकी नेत्री समेत रहेकी करिष्मालाई नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि फोन गरेका शुभकामना दिएका छन् ।

उनले एसईई राम्राे तयारी गरेकाे बताउँदै आएकी छिन् । फागू पूर्णिमामा होली पनि नखेली उनले एसईई परीक्षाको तयारी गरेको थिइन् ।

यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।

तपाईको प्रतिक्रिया