एसइई परीक्षा आजबाट सुरु, कुल ४ लाख ७५ हजार परीक्षार्थी

१० चैत, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु भएको छ । बिहान ८ बजेदेखि शुरु भएको परीक्षामा पहलो दिन अङ्ग्रेजी विषयको परीक्षा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

 

त्यस्तै सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका ७ मा रहेको परीक्षा केन्द्र श्री राजेश्वरी मा.वि सिपापोखरे सिन्धुपाल्चोक मा जम्मा १२९ परीक्षार्थी रहेका छन जसमा छात्र ६६ र छात्रा ६३ जना रहेका छन । यस केन्द्रमा चण्डेश्वरी मा.वि बाट ५८, ऐंसेलुखर्क मा.वि  बाट ४९, सिपातीनघरे सस्कृत मा.वि बाट ११, र कमलादेवी मा.वि बाट ११ जनारहेको सह केन्द्राध्यक्ष प्रताप सिँ तामाङ ले बताउनु भयो ।

 

आजबाट सुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४० बर्ष उमेर समुहका को उल्लेख्य सहभागी रहेको थियो ।
४० बर्ष माथि उमेर समुहका महिला र पुरुषहरु इन्द्रावती गाउपालिका मा रहेको चन्डेश्वोरी माबि परिक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका छ्न । उनी स्थानिय बिधालय कै बिद्यार्थी हुन ।

बिचैमा पढाई छोडेका ले नि एसईई दिदै

गाउघर मा पहिले भन्दा शान्तिपूर्ण रुपमा एस.ई.ई चल्दै , चन्डेस्वरी मा.बी परिक्षा केन्द्र बाट बिचैमा स्कुल छोडेका अबिशेक सुन्दास, मनिस दंगाल ,रोसनी तामाङ लगाएत ले एस.ई.ई दिएको चन्डेस्वरी मा.बि का केन्द्राध्यक्ष रुद्रलोचन आचार्य ले जानकारी दिनुभयो

तपाईको प्रतिक्रिया