नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’ सार्वजनिक

चैत १२, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न घातक रोग (क्रिटिकल इल्नेस) को जोखिम बहन गर्ने बिमा योजना सार्वजनिक गरेको छ। कम्पनीले ५० लाख रुपैयाँसम्मको जोखिम वहन हुने ‘घातक रोग सुविधा योजना’ नामक बिमा योजना सार्वजनिक गरेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले सर्वसाधारणलाई घातक रोग लाग्दा आइपर्ने आर्थिक संकटलाई दृष्टिगत गरी यो योजना अघि सारेको बताए।

कम्पनीका अनुसार यो पूरक करार (थप सुविधा) लिएपछि बिमा अवधिमा तोकिएका घातक रोग लागेमा बिमाले जोखिम बहन गर्नेछ। साथै, साविकको योजना भने बिमा अवधिसम्म चालू रहनेछ।

यस पूरक करारले थप जोखिम बहन गर्नेछ। ऐच्छिक सुविधा दिने पूरक करार पहिला कुनै पनि योजनाको जीवन बिमा गरेका बिमित वा नयाँ बिमितले तोकिएका शर्तहरू पूरा गरी यो थप सुविधा लिन सक्नेछन्।

यस योजनामा क्यान्सर, अन्तिम चरणको मिर्गौला विफलता, प्राथमिक पल्मुनरी धमनी उच्च रक्तचाप, सिम्पटम्स मल्टिपल स्क्लेरोसिस, मुख्य अंग प्रत्यारोपण, ओपन चेस्ट सिएबिजी, महाधमनीको शल्यक्रिया, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, मस्तिष्कघात, माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयाघात, कोमा, पूर्ण अन्धोपन, स्थायी रूपले भएको अंगहरूको पक्षाघात, अन्तिम चरणको कलेजोको विफलता, अन्तिम चरणको फोक्सोसम्बन्धी रोग, अल्जाइमर्स रोग, पार्किन्सन्स रोग, तेस्रो डिग्रीमा पोलेको/डढेको गरी विभिन्न रोगहरू समावेश गरिएको छ।

तपाईको प्रतिक्रिया