पुर्ननिर्माणको काम छाडेर ३ हजार प्राविधिक कर्मचारी आन्दोलनमा

१३ चैत, काठमाडौं  । पुनर्निर्माण प्राधिकरण अन्तर्गतका ३ हजार प्राविधिक कर्मचारीहरु यसअघि पाउदै आएको सुविधा सरकारले कटौती गरेको भन्दै काम छाडेर आन्दोलनमा उत्रिएका छन् । प्राधिकरण अन्तर्गतका निजी आवास र शैक्षिक संस्थाको पुनर्निर्माणमा खटिएका ३२ जिल्लाका ३ हजार प्राविधिकहरु आफुले खाइपाइ आएको सुविधा कटौती गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

जिल्ला स्तरमा झण्डै १ महिना देखि आन्दोलनमा रहेका कर्मचारी सोमबारदेखि काठमाण्डौमा आएर आन्दोलन गरिरहेका छन् । प्राविधिक कर्मचारीले यसअघि पाउँदै आएको सुविधा उपलब्ध गराउनुपर्ने, स्वास्थ्य र सुरक्षा बिमाको व्यवस्था गर्नुपर्ने, करार सेवालाई दीर्घकालिन गर्नुपर्ने लगायतका माग गरेका छन् । लमजुङ दुधपोखरी गाउँपालिका कार्यरत प्राविधिक जनक धामी करारमा रहेका कर्मचारीलाई स्थायी वा दीर्घकालीन गर्नुपर्ने बताउनुहुन्छ ।

२५ प्रतिशत भौगोलिक भत्ता, ५० प्रतिशत प्रोत्साहन भत्ता र यातायात तथा सञ्चारका लागि मासिक ३ हजार सुविधा दिँदै आएको थियो । तर यो आर्थिक बर्षमा यो बिषयमा निर्णय भएको छैन ।

प्राविधिक कर्मचारीले आन्दोलन गरेपछि भूकम्प प्रभावित जिल्लामा भूकम्प पीडितको अनुदान सिफारिसको काम ठप्प भएको छ । आफुहरुको माग पूरा नभएसम्म काममा नफर्कने कर्मचारीको अडान छ । तदर्थ केन्द्रिय समितिका सचिव राम मल्ल आफुहरु माग पुरा गराउन काठमाडौं आएको र माग पुरा नगरि नफर्किने बताउनुहुन्छ ।

प्राधिकरणले गत आर्थिक वर्षको असार मसान्त सम्म भूकम्प प्रभावित जिल्लामा कार्यरत प्राविधिकलाई कार्यक्षेत्रमा खटिदा २५ प्रतिशत भौगोलिक भत्ता, ५० प्रतिशत प्रोत्साहन भत्ता र यातायात तथा सञ्चारका लागि मासिक ३ हजार सुविधा दिँदै आएको थियो । तर यो आर्थिक बर्षमा यो बिषयमा निर्णय भएको छैन ।

फागुन २१ गते बसेको मन्त्रिपरिषद बैठकले अघिल्लो वर्ष उपलब्ध गराउदै आएको सुविधालाई कटौती गर्दै साउन ३देखि माघ सम्मको रकम नदिने र फागुन देखि मात्रै महिनाको ८० घण्टा अर्थात ५० प्रतिशत प्रोत्साहन भत्ता मात्रै उपलब्ध गराउने निर्णय गरेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सहायक प्रवक्ता मनोहर घिमिरे प्राधिकरण छलफलमा रहेका तर तत्काल माग पुरा गर्न सकिने विषयमा छलफल भइरहेको बताउनुभयो ।

प्राविधिक कर्मचारीको आन्दोलनका कारण अन्तिम चरणमा पुगेको पुन निर्माणको काम प्रभावित भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लाको पुर्ननिर्माण काम अन्तिम चरणमा पुगेको दाबी गरेको छ ।

सिआईएन बाट

 

 

तपाईको प्रतिक्रिया