यसरी बन्छ स्तन कसिलो,अपनाउनुहोस यि विधि

१३ चैत, काठमाडौं ।  आकर्षक र सुन्दर बन्न जो कोहिलाई मन लाग्दछ । प्रत्ये व्यक्तिका आ आफनै आधार हुन्छन । यहाँ यौन आकर्षणको सन्दर्भमा कस्तो शरीरलाई विशेष यौन आकर्षक मानिन्छ त कोमल छाला, स्वस्थ आँखा, चमक भएको केश अनि कसिलो मांसपेसी भएकी महिलालाई आकर्षक मानिन्छ। त्यसैले जैविक रूपमा पुरुषहरू थाहा पाएर वा नपाई विकसित अर्थात् ठूला स्तनप्रति र त्यस्तो स्तन भएकी महिलाप्रति आकषिर्त हुन्छन् ।

स्तनपान गराउँदैमा यौन आकर्षण घट्छ रु कुनै पनि महिलाको एउटा महत्त्वपूर्ण पक्ष मातृत्व हो। यो नभै पूर्ण नारीत्वको कल्पना गर्न सकिँदैन। विकसित स्तनको स्वाभाविक लक्ष्य पनि भावी सन्तानको स्तनपान हो, जुन उसको स्वस्थ विकासका लागि अपरिहार्य हुन्छ। यस्तो पवित्र कार्य गर्दा कसरी यौन आकर्षण कम हुन्छ सोच्न नसकिने कुरा हो।
स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ।

तपाईंलाई थाहै होला, भू्रण अवस्थाको ६ सातामा यसको विकास सुरु हुने भए पनि किशोरावस्थामा नपुगेसम्म केटीहरूमा स्तनको स्पष्ट विकास भएको देखिँदैन। किशोरावस्थामा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र यसका तन्तुहरू पनि निकै खाँदिएका हुने भएकाले वयस्क उमेरका महिलाको भन्दा कडा हुन्छ। छालाको मोटाइ वा तन्किन सक्ने गुण अनि रागरसको प्रभावजस्ता थुप्रै कुराले स्तनको आकार वा स्वरूपलाई प्रभाव पार्छ। गर्भावस्थामा विशेष गरेर रागरस अर्थात् हार्मोनको प्रभावमा दूध बनाउने ग्रन्थिको विकास हुन्छ र स्तन पहिलेको भन्दा ठूलो हुन्छ। स्तनपानको कार्य सकिए पछि पुनः पुरानै अवस्थामा आउँछ। त्यस्तो स्थितिमा कतिपयलाई स्तन सानो भए जस्तो लाग्न सक्छ।

छापा, चलचित्र वा टेलिभिजनमा देखिएका कतिपय कुराको सत्यता विचार नगरी त्यसकै पछाडि लाग्नु हुँदैन। भाग्यवश स्तन खुला राख्नु नपर्ने अङ्ग भएकाले यसको उभारलाई शल्यक्रिया नै नगरी बढी भएजस्तो देखाउन सकिन्छ। आफ्नो थुनचोली ९ब्रा० भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नु नै सबैभन्दा सजिलो तथा सस्तो उपाय हो। त्यसबाहेक अलिक बढी खर्च गरेर यस्तै वस्तुहरू प्रयोग गर्न सकिन्छ। स्तनलाई माथितिर उचाल्न प्रयोग गरिने साधनले स्तनको वास्तविक साइजमा परिवर्तन नगरे पनि देख्दा स्तन ठूलो भएको भान पर्छ र सुन्दरतामा वृद्धि हुन्छ। स्तनमा लगाउने क्रिम अनि पम्पले स्तनको आकार बढाउने दाबी गरिएको छ, तर यसले स्तनको आकार तथा नापमा पार्ने स्थायी प्रभावका सम्बन्धमा अझै केही विवाद छ। शल्यक्रिया गरेर स्तनको आकार बढाउनु एउटा अर्को उपाय हो, तर शल्यक्रिया गर्नुभन्दा पहिले धेरै कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ, किनभने यो विधि खर्चिलो मात्र होइन, यसका नकारात्मक प्रभाव पनि हुन सक्छ।

तपाईको प्रतिक्रिया