भक्तपुरबाट विप्लव नेतृत्वको नेकपाका दुई नेता पक्राउ

१५ चैत, भक्तपुर ।  माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नगरकोट इञ्चार्ज ३४ वर्षीय चमार सिंह लामालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रे मण्डन देउपुर–३, नयाँगाउँ घर भई हाल नगरकोटमा रहेर राज्यविरुद्धका विभिन्न गतिविधि गरिरहेका लामालाई नगरकोटबाट प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

लामासँगको सोधपुछकै आधारमा प्रहरीले काठमाण्डौ घर बताउने र हाल भक्तपुरको सानोठिमी बस्दै विभिन्न गतिविधि गर्दै आएका विप्लवका अर्का कार्यकर्ता ३६ वर्षीय सविन विक ‘विरही’ भन्ने बुद्धराज सुनारलाई पक्राऊ गरेको छ ।

पक्राउ परेका दुवै जनालाई आजै भक्तपुर जिल्ला अदालतमा म्याद थप गरी राज्यविरुद्धको अभियोगमा मुद्धा चलाएर थप अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया