घुस लिँदै गर्दा डिएफओसहित तीनजना पक्राउ

 

१५ चैत, बारा। डिभिजन वन कार्यालय सिमराका जिल्ला वन अधिकृत (डिएफओ) शिवशंकर ठाकुर र सहायक अधिकृत रामजीवन केसरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारीलाई अख्तियारले घूस रकमसहित पक्राउ गरेको छ। डिएफओ ठाकुरले ९० हजार र सहायक अधिकृत केसरी कार्यालय सहयोगी अधिकारीलाई २५ हजार घुससहित रंगेहात पक्राउ परेका हुन्। हेटौंडाबाट बारा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले शुक्रबार दिउँसो रंगेहात पक्राउ गरेको हो। डिभिजन वन कार्यालय, बारा, सिमराका कार्यालय प्रमुख शिवशंकर ठाकुरसमेतले कवाडी मालसामान सम्बन्धी ठेक्का स्वीकृत गर्न सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिई गएको टोलीले पक्राउ गरेकाे हाे।

थाहा खबर बाट

तपाईको प्रतिक्रिया