९ सय मेगावाटको अरुण तेस्रोमा लगानी जुट्यो

१६ चैत, काठमाडौं । भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरेको अरुण तेस्रोमा लगानी जुटेको छ । ९ सय मेगावाटको यो परियोजनामा स्टेट बैंक अफ इन्डिया, एभरेस्ट बैंक र नबिल बैंकले संयुक्त रुपमा लगानी गर्ने भएका छन् ।

लगानीका लागि तीन बैंकले सतलज कम्पनीसँग प्रतिवद्धता गरेका हुन् । लगानी सम्मेलनमा यसका लागि लगानी जुटेको घोषणा भएको हो ।

तपाईको प्रतिक्रिया