लोकतन्त्रको आडमा भ्रष्टहरुलाई प्रश्रय: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केही सीमित नेताहरुले राज्यसत्ता कब्जा गरेर देशमा ब्रम्हलुट गरिरहेको आरोप लगाएका छन् ।राप्रपाको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’काक्रममा मंगलबार हेटौंडामा आयोजित सभामा बोल्दै उनले वर्तमान सरकारले लोकतन्त्रको आडमा भ्रष्टहरुलाई प्रश्रय दिएको आरोप लगाए । नेपाललाई सनातन हिन्दूराज्य बनाउने अभियानमा जनसमर्थन ठूलो रहेको दाबी गर्दै अध्यक्ष थापाले सनातन हिन्दूराज्य स्थापनाका लागि जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए । देश विखन्डन गर्छु भन्नेहरुलाई सरकारले निस्तेज पार्न नसकेको भन्दै उनले यस्तै अवस्था रहे देशमा ठूलो संकट आउने चेतावनीसमेत दिए ।

(२२ फाल्गुण २०७५, बुधवार ११.२८   मा प्रकाशित )

तपाईको प्रतिक्रिया