अमेरिकाकी जेनर भइन् विश्वकै कान्छी अर्बपति, नेपालबाट चौधरी फेरि फोर्ब्सको सूचीमा

काठमाडौं । अमेरिकाकी काइली जेनर संसारको सबैभन्दा कान्छी अर्बपति बन्न सफल भएकी छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा २१ वर्षीया जेनर पर्न सफल भएकी हुन् । उनको शृङ्गारका सामानको व्यवसाय रहेको छ । उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो । उनले कान्छा अर्बपतिका रुपमा रहेका फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई उछिनेकी हुन् । जुकरबर्ग २३ वर्षको उमेरमा अर्बपति भएका थिए । जेनरले सो सूचीमा पर्दा आफूलाई खुसी लागेको फोर्ब्ससँगको कुराकानीमा बताएकी छन् । सन् २०१९ को सूचीमा १३१ अर्ब अमेरिकी डलर सम्पति सहित अमेजनका संस्थापक जेफ बेजोस शीर्ष स्थानमा परेका छन् । उनको सम्पति गत वर्षको भन्दा १९ अर्ब अमेरिकी डलरले बढेको जनाइएको छ । यता नेपालबाट सन् २०१३ देखि लगातार अहिले पनि विनोद चौधरी अर्बपतिहरूको सूचीमा परेका छन् । उनी १३४९ औँ स्थानमा रहेका छन् ।

(२२ फाल्गुण २०७५, बुधवार १५.५५ मा प्रकाशित)

तपाईको प्रतिक्रिया