सरकारलाई दिएको समर्थन फिर्ता गरी आन्दोलनमा होमिने राजपाको निर्णय

काठमाडौं । टीकापुर हत्याकाण्डको अभियोग लागेका आफ्ना सांसद रेशमलाल चौधरीलाई जन्मकैद सजायको फैसला आएपछि राष्ट्रिय जनता पार्टी (राजपा)ले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारविरुद्ध आन्दोलनमा उत्रिने भएको छ। हत्याकाण्डको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीसहित १२ जनालाई जन्मकैदको फैसला कैलाली जिल्ला अदालतले सुनाएपछि राजपाले त्यस्तो निर्णय गर्ने तयारी गरेको हो । त्यसका लागि राजपाले बबरमहलस्थित पार्टी कार्यालयमा बुधबार आकस्मिक बैठक बोलाएको छ। राजपाका महासचिव केशव झाले आफ्ना सांसद चौधरीको मामिलामा विभेदयुक्त निर्णय भएको र त्यसबाट न्यायलय नै विभेदको चंङ्गुलमा फसेको आरोप लगाए ।

(२२ फाल्गुण २०७५, बुधवार १९.४१ मा प्रकाशित )

तपाईको प्रतिक्रिया