गण्डकी मेडिकल कलेजका सञ्चालक अर्यालसहित ६ जनाविरुद्ध उजुरी

काठमाडौं । सरकारले तोकेको भन्दा बढि विद्यार्थीबाट शुल्क असुलेको गण्डकी मेडिकल कलेजका सञ्चालक विरुद्ध सम्पत्ति शुद्धिकरण विभाग र जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी आरोपमा उजुरी परेको छ । गएको माघ १७ गतेबाट आन्दोलित विद्यार्थीले वार्ताबाट सहमति जुट्ने नदेखेपछि अन्ततः ठगी मुद्दामा मंगलबार सम्पत्ति शुद्धिकरण विभाग र प्रहरी कार्यालयमा कलेजका सञ्चालकहरु विरुद्ध छुट्टाछुट्टै उजुरी दिएका हुन् ।
कलेजका सञ्चालक खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रिन्सिपल रवीन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा र लेखा शाखा प्रमुख हरिमाया पौडेल तथा कलेजमै कार्यरत दिनेश पौडेलको मिलेमतोमा रकम असुलेको विद्यार्थीले दाबीसहित उजुरी दिएका हुन् । विद्यार्थीले जिएमसी कलेज सञ्चालकहरुको खाता रोक्का गरी छानबिन गर्नुपर्ने उजुरीमा माग गरेका छन् । आफूहरुबाट कलेजले लिएको बढि शुल्क फिर्ता गर्नुपर्ने माग सहित ३५ दिनदेखि आन्दोलनमा उत्रदा कलेजले माग सम्बोधन गर्न नचाहे पछि बाध्य भएर ठगि विरुद्ध उजुरी दर्ता गराएको विद्यार्थी अनित सिन्हाले जानकारी दिए ।

(२२ फाल्गुण २०७५, बुधवार १९.५१ मा प्रकाशित )

तपाईको प्रतिक्रिया