उज्यालो सल्लाहकारको अपिल, स्टार रेमिट दर्ता गर्नुहोस रास्कोट अस्पताल निर्माणमा सहयोग पुर्याउनुहोस

स्टार रेमिटले राष्कोट अस्पतालको लागी सहयोग स्वरूप “स्टार रेमिट साईनअप ईभेन्ट” ल्याएको छ। दक्षिण कोरियाका नेपालीहरूको पहिलो रेमिटको रूपमा शुरू भएको स्टार रेमिटले ‘स्टार रेमिट साईन अप ईभेन्ट’योजना मार्फत मार्च महिना भरी स्टार रेमिट दर्ता गर्ने एक जना ग्राहक बराबर २५०० कोरियन वन राष्कोट सामुदायिक अस्पतालको लागी सहयोग गर्ने भएको हो ।

लोकप्रिय पत्रकार रवि लामिछानेको अभियानको रूपमा शुरू गरिएको राष्कोट अस्पताले बिकट कर्णालीका हजारौँ जनतालाई स्वास्थ्य सेवा दिने अपेक्षा रहेको छ । राज्यबाट पछि पारिएको भनिएको कर्णालीमा लोकप्रिय पत्रकारको महत्वकाँक्षी योजना भएकोले पनि आफुहरूले सहयोग गर्न लागिएको स्टार रेमिटका नेपाल प्रमुख अशोक मैनालीले बताए ।

मैनालीका अनुसार यो अभियानको लागी कोरियाबासी नेपालीहरू ठुलो सहभागिता रहने र कर्णालीका जनताको सहज उपचार पाउने सपना पुरा हुने कार्यको सहयोगी बन्न पाएको खुशी व्यक्त गरेका छन् । त्यस्तै कोरियामा लामो समय देखि सामाजिक तथा परोपकारी कार्यमा काम गर्दै आएका र उज्यालो समाचारका सल्लाहकार यूवा यम श्रेष्ठले पनि यो अभियानमा सबैको साथ र सहयोगको अपिल गरेका छन् । सामाजिक तथा परेपकारी यो अभियानमा स्टार रेमिटले साथ दिएर उदाहरणीय कार्य गरेको बताएका छन् ।

(२३ फाल्गुण २०७५, बिहिवार, बुधवार ८ .४१ मा प्रकाशित )

तपाईको प्रतिक्रिया