आज १०९ औं अन्तराष्ट्रिय महिला दिवस, विभिन्न कार्यक्रम गरि मनाईदै

काठमाडौं । आज १०९ औं अन्तराष्ट्रिय महिला दिवस । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले ¥याली, गोष्ठी तथा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गरिरहेका छन् । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध बुलन्द आवाज उद्घोष गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । नारी दिवस हरेक वर्ष विश्वभरका महिलाले एउटा प्रथा परम्परा र चाडका रुपमा मनाउँदै आएका छन् ।

राष्ट्रपतिक तथा प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त

यसैबीच महिला दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गर्नुभएको छ ।यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १०९ औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । यसैबीच सभामुख कृष्णबहादुर महराले लैङ्गिक समानताका लागि सबैको सोंच र व्यवहारमा पनि समानताको खाँचो औँल्याउनुभएको छ । यस्तै नेकपाका अध्यक्ष्य प्रचण्डले नेपालको राजनैतिक परिवर्तनमा नेपाली महिलाहरुले देखाएको संघर्षको कीर्तिमान नेपालको इतिहासमा मात्र होइन विश्व इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ। ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला हिंसाविरुद्ध नारी जागरण आवश्यक रहेको बताउनुभएको छ ।

(२४ फाल्गुण २०७५, शुक्रवार, १३.४९ मा प्रकाशित )

तपाईको प्रतिक्रिया