रेल विभागले रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया सुरु गर्दै

काठमाडौं । नयाँ बर्षबाट रेल सञ्चालनको तयारीमा रहेको रेल विभागले रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया सुरु गरेको छ । पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पुर्णता दिँदै सञ्चालन कार्य्बिधि निर्माणको काम सुरु गरेको हो । त्यस्तै रेल सञ्चालनका लागी आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि सुरु गरेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । सो रुटमा निर्माण हुने ७ वटा स्टेशनका लागी आवश्यक १ सय ५० कर्मचारीको छनोट प्रक्रिया सुरु भएको र केही दिनमै उनीहरुको छनोट सकिने मिश्रको भनाई छ । महानिर्देशक मिश्रले सातै वटा स्टेशनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा ७ देखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको उल्लेख गर्नुभयो । मुख्य स्टेशनमा भने केहि बढी कर्मचारी आवश्यक हुनाले सोही अनुसारको कार्य्विधि निर्माणमा आफुहरु लागि परेको मिश्रको भनाइ छ । कुर्था र खजुरा लगायतका केहि स्टेशनमा केही बढी कर्मचारी आवश्यक भएकाले आवश्यक अनुसार कर्मचारी परिचालन गर्ने उहाँले बताउनुभयो । विभागले सो रुटमा रेल सञ्चालनका लागि भारतबाट २ बटा रेल खरिद गर्ने जनाएको छ । रेल खरिदको प्रक्रियापनि अन्तिम चरणमा पुगिसकेको मिश्रले बताउनुभयो ।

(२५ फाल्गुण २०७५, शनिवार, ११.२६ मा प्रकाशित )

 

तपाईको प्रतिक्रिया