विप्लवविरुद्ध सरकार कठोरताका साथ प्रस्तुत हुन्छ : गृहमन्त्री

सुर्खेत । गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपाविरुद्ध सरकार कठोरताका साथ प्रस्तुत हुने बताएका छन्। कर्णाली प्रदेशको सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न सुर्खेत आएका गृहमन्त्री थापाले पत्रकारहरु कुरा गर्दै विप्लवविरुद्ध कठोरताका साथ प्रस्तुत हुने बताएका हुन्। गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेकपाले गर्ने भनेको क्रान्तीको अहिले कुनै आधार नभएकोले उनीहरु सफल हुने कुनै अवस्था नरहेको दावी गरे। अब सरकारले राज्य विरोधी र संविधान विरोधी गतिविधिको अन्त्य गर्ने गृहमन्त्रीको भनाई छ । उनले सरकारले एक बर्षमा अन्र्तराष्टिय सम्बन्धलाई सुदृढ र विस्तार गर्ने काम गरेको बताए। उनले सरकारले संघियता कार्यन्वयनका क्रममा संरचनागत कामलाई पुरा गरेका, विकासका आधारहरु तयार पार्ने काम गरेको, विकासाका निम्ति आवश्यक योजना निर्माण गरेको बताए। अब हुने अन्र्तराष्टिय लगानी सम्मेलनले देशको विकासमा गति दिने थापाको दावी छ। शान्ति सुरक्षाका क्षेत्रमा पनि आधारभूत रुपमा कायम गर्न सरकार सफल भएको बताए।

(२५ फाल्गुण २०७५, शनिवार, १५.३७ मा प्रकाशित )

तपाईको प्रतिक्रिया