उत्तर कोरिया परमाणु परीक्षणको तयारीमा

काठमाण्डौ । उत्तर कोरियाले रकेट प्रक्षेपण गर्ने केन्द्र पुनः बनाउन सञ्चालनमा ल्याउन थालेको विज्ञले बताएपछि अमेरिकाले गम्भीर चासो व्यक्त गरेको छ । स्याटेलाइट मार्फत लिइएको नयाँ तस्बिरमा उत्तर कोरियाले परमाणु परीक्षण केन्द्रमा पुनः गतिविधि बढेको देखिएको विज्ञले बताएका हुन् । उत्तर कोरियाले परमाणु परीक्षण केन्द्र पुनः सञ्चानलको तयारीमा उत्तर कोरिया रहेको देखिएको विज्ञको भनाई छ । गएको वर्ष सिंगापुरमा भएको वार्तापछि उत्तर कोरिया परमाणु निशस्त्रिकरणका लागि तयार भएको थियो । तर हानोइमा भएको दोस्रो वार्तामा भने परमाणु निशस्त्रिकरणको प्रक्रियाबारे कुनै सहमति भएन । उत्तर कोरियाको तोङ्गचाङ्ग–री परमाणु केन्द्रमा गतिविधि बढेको देखिएको हो । उत्तर कोरियाले यो केन्द्र स्याटेलाइट प्रक्षेपण तथा इन्जिनको परीक्षणका लागि प्रयोग गर्दै आएको छ । सो केन्द्र वरिपरि ब्यालेस्टिक मिसाइल तथा रकेट निर्माणसहितका गतिविधि बढेको देखिएको छ । शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले परमाणु गतिविधि पुनः सुचारु गरेको भए त्यो आपत्तिजनक रहेको बताएका छन् । उत्तर कोरियाले फेरि परमाणु परीक्षण गरेमा त्यो निकै निराशाजनक हुने ट्रम्पको भनाई छ ।

(२५ फाल्गुण २०७५, शनिवार, १५.४४ मा प्रकाशित )

तपाईको प्रतिक्रिया