सिके राउतसँग भएको सम्झौताबारे सदनलाई जानकारी गराउन सांसदहरुको माग

काठमाडौ । सांसदहरुले सरकार र सिके राउतबीच भएको सम्झौताबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरुले मुलुकका लागि घातक ठहरिने खालका शब्द प्रयोग गरेर राउतसँग सम्झौता गरिएकोमा आपत्ति समेत जनाए । प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै राजपाका सांसदहरुले उठेर विरोध जनाउँदै विशेष समयको माग गरेका थिए । त्यसपछि बोलेका राजपा अध्यक्ष मण्डलका संयोजक समेत रहेका सांसद महेन्द्र राय यादवले सिके राउतसँग भएको सम्झौताबारे सदनलाई जानकारी गराउन माग गरे । उनले मधेस आन्दोलनबारे सरकारद्वारा गठित छानबिन समितिको प्रतिवेदन तत्काल सदन मार्फत सार्वजनिक गर्न पनि माग गरे । त्यसपछि सभामुख महराले राजपाको माग बमोजिम उक्त प्रतिवेदन सावजनिक गर्न सरकारलाई रुलिङ्ग गरेका छन् । यस्तै प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले पनि सिके राउतसँग भएको सम्झौताबारे सदनमा प्रष्ट जवाफ दिन माग गरेका छन् ।

(२५ फाल्गुण २०७५, शनिवार, १६.६ मा प्रकाशित )

तपाईको प्रतिक्रिया