सरकारको दम्भले समर्थन फिर्ता लियौं : राजपा नेता झा

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालले संरकारको दम्भका कारण समर्थन फिर्ता लिएको बताएको छ । सांसद रेशम चौधरीबिरुद्ध अदालतको निर्णयपछि समर्थन फिर्ता लिनु एउटा संगोगमात्र भएको भन्दै उसले समर्थन फिर्ता लिने बारे पार्टीमा लामै समय बहस भएको स्पष्ट पारेको छ । आफ्ना मागका बिषय सम्बोधन हुनेमा झिनो आश बोकेर सरकारलाई समर्थन गरेपनि त्यसलाई सरकारले वेबास्ता गरेकै कारण पछिल्लो निर्णयमा पुगेको राजपाको भनाई छ । सोमबारको द हेडलाईनर्समा कुरा गर्दै अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले अब आफ्ना माग पूरा गराउन छिट्टै सदन र सडकबाट संर्घष सुरु गर्ने बताउनुभयो ।

आफुहरु मधेश र मधेशी जनताको मागमा २०४० सालबाट आन्दोलन गर्दै आएको र पटक पटक धोका खाएको बताउदै नेता झाले अब जनताकै तहबाट आन्दोलन गर्नुको बिकल्प नभएको स्पष्ट पार्नुभयो । यद्यपि आफुहरु संंवैधानिक र शान्तिपूर्ण तवरले माग सम्बोधनका लागि दबाव सृजना गर्ने तयारीमा रहेको जानकारी गराउनुभयो ।

(२७ फाल्गुण २०७५, सोमवार १०.४९मा प्रकाशित )

तपाईको प्रतिक्रिया