सहमति उल्लंघन गरे सिकेलाई के गर्ने भन्ने अधिकार सरकारसँगै छः अध्यक्ष प्रचण्ड

काठमाडौं ।  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र सिके राउतका बीचमा भएको सहमितिका विषयमा धेरै आशंका गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। तराई मधेशको पृथकतावादी आन्दोलन भोलि समस्याका रुपमा रहन सक्ने भएकाले सरकारले पृथकतावादीहरुलाई पनि मुलधारमा ल्याउने कोशिश गरेको प्रचण्डले बताए। पोखरा विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै नेता प्रचण्डले अहिले सम्झौताको धेरै प्रकारले अर्थ लगाउन आवश्यक नभएको बताए। अहिले मिडियामा आएजसरी सम्झौता नभएको उनले बताए। उनले संविधानको मुल मर्म अनुसार नै सिके राउतलाई मुलधारमा ल्याउने स्प्रीटमा सहमति भएको उनले बताए। प्रचण्डले सिके राउतले सरकारसँग भएको सहमति विपरित गएमा उनलाई के गर्ने भन्ने अधिकार सरकारसँग रहेको समेत उनले बताए।

(२७ फाल्गुण २०७५, सोमवार १७ .३८ मा प्रकाशित )

 

तपाईको प्रतिक्रिया