क्रान्तिको नाममा लुट मच्याउनेलाई छुट दिन सकिदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रान्तिको नाममा अशान्ति र लुटपाट मच्याउने समूहलाई छुट दिन नसकिने बताएका छन्। सुरक्षा परिषद्को १८ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेकपालाई इङकित गर्दै लुटपाट मच्याउनेलाई छुट नहुने बताए। साथै उनले सिके राउतसँग भएको सहमितिमा राष्ट्रिय अखण्डतामा खलल पुग्ने गरी जनमत संग्रहको निर्णय नभएको बताए। बाहिर आएका हल्लाहरुलाई विश्वास गर्नुपर्ने ठाउँ नरहेको पनि उनले बताए। उनले पृथकतावादी आन्दोलन गरिरहेकाहरुलाई मुलधारमा ल्याउनका लागि मात्रै सहमति गरिएको बताए ।

(२७ फाल्गुण २०७५, सोमवार १८.११ मा प्रकाशित )

 

तपाईको प्रतिक्रिया