मकवानपुर गढी जन्तीबस दुर्घटना, घाईतेको हेटौँडामा उपचार हुँदै

हेटौँडा । मकवानपुरको मकानपुरगढी गाउँपालिका वडा नंबर २ चैनपुरमा जन्तीवस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । १७ जना घाईतेहरुको हेटौँडाको चुरेहिल अस्पताल तथा हेटौँडा अस्पतालमा अहिले उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवत्ता यज्ञप्रसाद भट्टराईले  जानकारी दिए ।

घाईतेहरु मध्ये केहिको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

भक्तपुरबाट जन्ती बोकेर हेटौँडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर दुर्घटना भएको हो । अहिल डिएसपी भट्टराई नेतृत्वको प्रहरी टोली दुर्घटनास्थलमा पुगेको छ ।

(२८ फाल्गुण २०७५, मंगलवार १७.४९ मा प्रकाशित )

तपाईको प्रतिक्रिया