सिके राउतसँगको सम्झौताको बिरोधमा नागरिक अगुवाको प्रदर्शन

काठमाडौं । सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौताको बिरोध गर्दै नागरिक अगुवाहरुले सिंहदरबारको पश्चिम गेटमा प्रदर्शन गरेका छन् । सिके राउतसँग गरिएको सम्झौतालाई ‘अपराजधजन्य सहमति’ भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । विखण्डनको अभियान परित्याग गर्ने सहमति भएको भनिएपछि सम्झौताको बुँदा नम्बर २ लाई जनमतसंग्रहका रुपमा ब्याख्या गरिएको भन्दै नागरिक अगुवाहरुले यो सम्झौताले राष्ट्रिय अखण्डतामा प्रहार गरेको बताएका छन् । तर, विखण्डन अभियान त्याग्न तयार भए सकरात्मक रूपमा लिने उनीहरूको भनाइ छ । प्रदर्शनका क्रममा मानव अधिकार तथा शान्ति समाजका सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

(२९ फाल्गुण २०७५, बुधवार १६.१७ मा प्रकाशित )

तपाईको प्रतिक्रिया