बन्दले गर्दा कपिलवस्तुमा परिक्षा स्तगित

कपिलवस्तु । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा विहानैदेखि परेको छ । बन्दको कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना बन्द छन् । बन्दकर्ताहरु सडकमा नदेखिए पनि जिल्लामा बन्दको प्रभाव परेको हो ।

जिल्लाको उत्तरी क्षेत्र चन्द्रौटा, इमिलिया, गोरुसिंगे, चारनम्बर, बोडगाउँ लगायतका बजारमा बन्दको प्रभाव परेपनि दक्षिणी क्षेत्र सदरमुकाम तौलिहवा, महाराजगञ्ज, बहादुरगञ्ज, कृष्णनगर लगायतका क्षेत्रमा बन्दको प्रभाव कम परेकोछ  ।

यता विहीबारको बन्दले विद्यार्थीको पढाईमा असर गरेको छ । जिल्लामा कक्षा ८ को जिल्लास्तरीय परिक्षा सञ्चालन भैरहेको छ भने सामुदायिक विद्यालयमा बार्षिक परिक्षा भैरहेको छ । बन्दले गर्दा आज परिक्षा हुने हो कि होइन् अन्यौलता बढेको वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले बताए । बन्दले गर्दा आज हुने परिक्षा ६ गते सारिएको जिसीले जनाए । यता जिल्लाका नीजि विद्यालयहरु बन्द हुनेभएका छन् ।

गत फाल्गुण २३ गते नेकपाको राम्रै पकड मानिएको शिवगढीमा प्रहरीले सर्च अप्रेशन गरेको थियो । सर्च अप्रशेनबाट प्रहरीले विभिन्न हातहतियार बरामद गरेको थियो भने सर्च अप्रशेन बेला भाग्न खोज्दा प्रहरीको गोली लागेर एक जना नेकपाका जिल्ला नेता घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया