यात्रुलाई गन्तव्यसम्म र्पुयाउन प्रहरीको स्कर्टिङ

सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका कारण सुर्खेत लगायत कर्णाली प्रदेशका दशवटै जिल्लाको जनजीवन प्रभावित भएको छ। बन्दका कारण प्रदेश राजधानी वीरेन्द्रनगरबाट अधिकांश ठाउँमा चल्ने लामो दुरीका सवारीसाधन चलेका छैनन् भने विद्यालय, बजार ठप्प भएका छन् ।

बन्दका कारण यात्रुहरु गन्तव्यमा जान नपाएपछि सुर्खेत प्रहरीले स्कर्टिङ्ग गरेर छोटो दूरीका यातायात केही मात्रामा सञ्चालन गरेको छ। यसअघिको विप्लवको बन्दमा सुर्खेतमा दुईवटा मालबहाक ट्रक जलाइएको थियो। यसपटकको बन्दमा अप्रिय घटना हुन नदिन वीरेन्द्रनगर लगायतका स्थानहरुमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया