उपकुलपति प्रा.डा राजकुमार रौनियार पदमुक्त

काठमाडौं । सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा राजकुमार रौनियारलाई पदबाट हटाएको छ। प्रतिष्ठानका सहकुलपति समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सिफारिसको आधारमा कुलपति एवं प्रधानमन्त्री केपी शर्माओलीले रौनियारलाई पदबाट हटाउने निर्णय गरेका हुन्।

यसअघि फागुन १६ र १७ गते बालुवाटारमा बसेको प्रतिष्ठानको संचालक समिति (सिनेट) बैठकले सर्बसम्मतिबाट प्रतिष्ठानका उपकुलपति पदबाट डा रौनियारलाई हटाउने निर्णय शिफारस गर्ने निर्णय गरेको थियो। सिनेटको सोही निर्णयको आधारमा स्वास्थ्य मन्त्री यादवले उपकुलपति रौनियारलाई पदबाट हटाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए। सिनेट बैठकको निर्णय कार्यान्वयनको लागि सहकुलपतिले प्रधानमन्त्रीसमक्ष सिफारिस गर्ने र सोही आधारमा निर्णय हुने प्रावधान रहेको छ । सहकुलपतिसमेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सिफारिसमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले रौनियारलाई पदमुक्त गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया