सरकारको खर्च भन्दा रेमिट्यान्स धेरै

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरूले पाँच खर्ब १५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स पठाएका छन्। पछिल्लो एक महिनामा मात्रै ७२ अर्ब रुपैयाँको रेमिट्यान्स बढेपछि सात महिनाको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा २८.५ प्रतिशले विप्रेषण बढेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्षको सात महिनामा चार खर्ब एक अर्बको विप्रेषण आप्रवाह भएकोमा चालु आर्थिक वर्षको सात महिनामा समिक्षा अवधिको तुलनामा एक खर्ब १४ अर्ब रुपैयाँ विप्रेषण बढेको हो। विप्रेषणमा २८ प्रतिशतले रकम वृद्धि हुदा सरकारको खर्च भने ३ प्रतिशतले घटेको छ।  सात महिनामा विप्रेषणको तुलनामा सरकारी खर्च एक खर्ब रुपैयाँ कमी देखिएको छ। गत वर्षको सोही अवधिमा विप्रेषणको तुलनामा सरकारको खर्च २७ अर्ब रुपैयाँ बढी रहेको थियो। वृद्धिदर मात्रै नभई गतवर्षको खुद रकम बराबरको खर्च पनि सरकारले गर्न सकेको छैन। सात महिनामा चार खर्ब १५ अर्ब रुपैयाँको खर्च भएको छ। गत वर्ष सोही अवधिमा चार खर्ब २८ अर्ब रुपैयाँ खर्च भएको थियो।

तपाईको प्रतिक्रिया