दुबईमा नेपथ्यको लाइभ कन्सर्ट (फोटोफिचर)

युएई । गत शुक्रबार दुबईमा नेपथ्य लाइभ कन्सर्ट – २०१९ कार्यक्रम सम्पन भएको छ ।

दुबईस्थित अलनासर लिजरलाण्डको हलमा भएको उक्त लाइभ कन्सर्टमा नेपथ्य ब्याण्डले निकै उकृष्ट प्रस्तुती दिएका थिए ।

गायक अमृत गुरुङले ‘सानोमा सानो कमलको फुल रेशम,’ ‘तिमी पनि नेपाली म पनि नेपाली हामी नेपाली’ जस्ता राष्ट्र भावका गीतहरु गाएका थिए ।

अमृत गुरुङलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गीतारमा सुविन शाक्य, गीतारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सहयोग गरेका थिए ।

उक्त लाइभ कन्सर्टमा तीन हजार भन्दा धेरै दर्शकहरुले मनोरञ्जन लिएका थिए । दुबईमा नेपथ्यको यो दोस्रो कार्यक्रम हो ।

यसअघि सन् २०१५ नेपथ्य दुबई आएको थियो ।

Source: Rato Pati

तपाईको प्रतिक्रिया