कान्छा अभियान्ता केपी खनालको नेतृत्वमा अनाथ आश्रम निर्माण अन्तिम चरणमा

बाजुरा । नेपालका कान्छा अभियान्ताको रुपमा परिचित केपी खनालको नेतृत्वमा बाजुरामा निर्माणाधिन अनाथ आश्रमको काम अन्तिम चरणमा पुगेको छ। बाजुराको बूढीगंगा नगरपालिकाको ब्रह्मतोलामा अनाथ आश्रमको निर्माण अन्तिम चरणमा पुगेको हो।
“सके हजार नसके प्रचार” अभियान संचालन गरि ५० लाखमा अनाथ आश्रम निर्माण थालिएकोमा अहिले सम्म ९० प्रतिशत भौतिक प्रगती सकिएको अभियान्ता खनालले बताए। बैशाखा १ गतेदेखि अनाथ आश्रममा अनाथ बालबालीकाहरुलाई राख्न सुरु गर्ने र अनाथ आश्रम कन्सर्न बाजुरा संस्थालाइ हस्तान्तरण गर्ने योजना रहेको उनले बताए।

उनले बाजुरामा निर्माणाधिन अनाथ आश्रमको काम अन्तिम चरणमा पुगेको कुरा ट्विट गरेर जानकारी दिएका छ्न ।

ट्विट हेर्नुहोस :

मानव विकास सुचांकमा नेपालको सबैभन्दा पुछार अर्थात ७७ औँ जिल्लाको रुपमा रहेको बाजुरामा अनाथ आश्रम सञ्चालन गरेर आश्रय नपाएर समस्यामा परेका अनाथ बालबालीकाहरुलाई सहयोग गर्ने योजना खनालको रहेको छ। अनाथ आश्रममा ५० भन्दा बढि अनाथ बालबालीकाहरुलाई आश्रय दिने व्यवस्था गरिने छ। बाजुरा बाहेका जिल्लाहरुमा पनि अनाथ तर आश्रय समेत नपाएर समस्यामा परेका बालबालीकाहरुलाई अनाथ आश्रममा राख्ने योजना अभियान्ता खनालको छ।

१८ वर्षीय खनालले उक्त आवास गृहको गत बैसाख २६ गते सिलान्यास गरेका थिए। अहिलेसम्म करिब ३३ लाख वढी रकम जम्मा भइसकेको खनालले बताएका छन्। अनाथ आश्रम निर्माणको अभियानमा देश विदेशबाट नेपालीहरुले सहयोग गरेका थिए।


सुदूपश्चिमको अछाम जिल्ला स्थित रामारोसन गाउँपालिका घर भएका खनालको कक्षा १२ सम्मको अध्ययन कैलालीबाट पुरा भएको थियो। उनी अहिले टेक्सास इन्टरनेसनल कलेजमा पुर्ण छात्रवृत्तिमा अध्ययरत छन्। उनी क्लीन काष्ठमान्डप अभियानबाट चर्चामा आएका थिए भने सोही समयदेखि उनलाई नेपालका कान्छा अभियान्ताको नामले चिन्न थालिएको हो।
२०६८ सालमा बाल क्लबबाट सुरु भएको उनको सामाजिक कार्यको अभियान अहिले देशभरी नै विस्तार भएको छ।

उनले कैलाली लगायतका देशका विभिन्न स्थानमा पनि सरसफाई अभियान चलाएका छन्। ‘म बदलिन्छु मेरो देश बदलिन्छ’, ‘दशा लागेकालाई यो दशैं’, ‘भोकै छ जुम्ला’ लगायतका अभियान सञ्चालन गरेर खनाल सामाजिक कार्यमा सक्रिय रहेका छन्।

 

तपाईको प्रतिक्रिया