ब्रेनट्युमर भएकि श्रीमतीलाई छोडेर अर्कै विहे, अदालतले दिएन न्याय !

कपिलबस्तु ।  श्रीमान बिरुद्द बहुविवाह मुद्धा दायर गरेकी कपिलबस्तु शिवराज नगरपालिका वडा नं ५ घर भई हाल बुटवल उपनागरपालिका वडा नं ६ बस्ने सुमन जैसवाल अदालतबाट बहुविवाह ठहर नभय पछि रुँदै भौतारी रहेकी छन ।
जिल्ला अदालत रुपन्देहीका तत्कालिन न्यायाधिस खडानन्द तिवारीको इजालास २०७३ वैशाक २९ गते गरेको फैसला लाई २०७५ बैशाख २५ गते उच्च अदालतका न्यायाधिस द्वय रमेश पोखरेल र शान्ता सेढाईको संयुक्त इजलास ले सदर गरेपछि ३६ बर्षिया सुमन जैसवाल को आखा अहिलेसम्म ओभायका छैनन् । त्यसैमाथि पतिले छोरा र आफ्नो नागरिकता नबनाईदियपछि आफुलाई मर्नु न बाँच्नु बनाएको सुमन पिडा सुनाउँछिन।
सुमन अहिले यतिबेला न्यायको लागि रुँदै भौतारिँदै हिड्दै गरेकी छन । सुमनको २०५८ साल जेठ १७ गते जातिय परम्परा अनुसार बिरेन्द्र जैसवाल सँग बिहे भयको थियो । उनीहरु दुवै जनाको एक १६ बर्षे छोरा छन ।
सुमन संग १३ वर्ष सँगै बसेका बिरेन्द्रले पछिल्ला दिनहरुमा श्रीमती लाई माइतमा राखेका थिय । उनको माइत भारतको गोरखपुर हो । श्रीमती लाई ससुरालीमा राखेका उनले नेपालमा आयर पुजा जैसवाल संग बिहे गरे पुजा र बिरेन्द्रको तर्फबाट नैतिक जैसवालको जन्म समेत भयो । बिरेन्द्रले छोरा नैतिक को नामबाट केहि समय बुटवलमा नैतिक हार्ड्वेयर पसल समेत संचालन गरे । सुमन रुदै भन्छिन, “म जस्तो सामान्य मानिसले न्याय पुन गाह्रो रहेछ । मेरो श्रीमानले दोश्रो बिहे गरेको सारा दुनियाँंलाई थाहा छ । यथेस्ट प्रमाण छन् तर उसले अदालतमा मैले अर्को बिहे गरेको छैन भनेर दियको बयानलाई मात्र आधार मानेर फैसला भयो ।”

ब्रेन ट्युमरको बिरामी समेत रहेकी सुमनले भाबविह्वल हुदै भनिन, “म धेरै पटक रुपन्देही र कपिलबस्तुको प्रसाशन धाएँं । सबै ठाउमा तिमी अन्यायमा परेकी छौ भन्छन तर साथ् कसैले दियनन । अघिल्लो दिन सम्म मलाई सहयोग गर्न हिडेका हरु बीरेन्द्रलाई भेटेपछि सम्पर्क नआउने गरेको गुनासो समेत गरिन ।” बिरेन्द्रले अदालतमा दियको बयानमा पुजा जैसवाल लाई चिन्दिन भनेको छ अदालतको फैसलाको तथ्य खण्डको ४ नं बुदामा उल्लेख छ । उनले बयानमा भनेका छन मैले पुजा जैसवाल लाई चिन्दिन । पुजासँग बिहे गरेको भन्ने झुट हो । अदालतमा यस्तो बयान दिएका बिरेन्द्र भने २०७५ सालमै पुजासँग बिहे गरि संगै बस्दै आयका छन् । उक्त कुराको पुस्टि शिवराज नगरपालिकाको कार्यालय चन्द्रौटाको चलानी नं ११५६ र पत्र संख्या ०७५/७६ मा उनीहरु दुवै जनाको नैतिक जैसवाल भन्ने छोरा रहेको भन्ने अभिलेख गरेको छ ।

अहिले उनि मिसन स्माईल नेपालमा आई मुद्धा अघि बढ़ाई रहेकी छिन् । अहिले मानानीय अग्नी खरेलज्यूले पनि उहाँको साथ दिने प्रतिवद्ता गर्नुभएको छ । उहाँको आर्थिक अवस्था धेरै कमजोर भएको कारणले गर्दा सहयोग गर्न चाहने ब्यक्त्तिले निम्न खाता न्ंबरमा उहाँलाई सहयोग पुर्याईदिनुहुन समेत आग्रह गरेकी छन ।

खाता नाम्: मिसन स्माईल नेपाल
खाता न्ं: ३१०१०१७५०१५४१

तपाईको प्रतिक्रिया