तत्काल रक्तदान गर्न विवेकशील साझा पार्टीको आग्रह

१८ चैत, काठमाडौं । विवेकशील साझा पार्टीले सोमबार बिहानै प्रेस वक्तव्य जारी गर्दै बारा र पर्साको आँधीबेहरीमा परेर घाइते बनेकाहरुका लागि रगतको अभाव भएको भन्दै तत्काल रक्तदान गर्न सबैमा आग्रह गरेको छ ।

आइतबार राति वीरगञ्ज र कलैयाका अस्पतालहरुमा भर्ना गरिएका घाइतेहरुलाई रगतको अभाव भएको थियो । एकसाथ ४ सय भन्दा बढी घाइते बनेकाले उपचार सामाग्री र बेडका साथै रगतको समेत अभाव देखिएको छ ।

घाइतेहरुलाई रगतको अभाव भएपछि आइतबार राति नै त्यहाँ खटिएका सुरक्षाकर्मीहरुले रक्तदानसमेत गरेका थिए ।

विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा घाइतेहरुको उपचारमा अभाव खड्किन निदन र बेलैमा उद्धार कार्यमा खटिन सबैमा आग्रह गरिएको छ ।

चितवन र काठमाडौंबाट आफ्ना पार्टीका कार्यकर्ताहरु घटनास्थलमा खटिएको प्रवक्ता आचार्यले बताएका छन् ।

तपाईको प्रतिक्रिया