आँधी प्रभावित क्षेत्रको राहत कार्यमा जुट्न कमल थापाको निर्देशन

१८ चैत, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले बारा र पर्सामा आएको आँधीबाट प्रभावितको राहत र उद्धार कार्यमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पीडित परिवारलाई सहयोग र घाइतेहरूको उपचारका निम्ति पहल गर्न उनले सरकारलाई अनुरोधसमेत गरेका छन् ।

 

अध्यक्ष थापाले ट्वीटरमा लेखेका छन्, ‘आँधिबेरिबाट बारा, पर्सा लगायत तराईको जिल्लाहरुमा जनधनको ठूलो क्षति भएकोमा दुःख लागेको छ । पीडित परिवारलाई सहयोग र घाइतेहरूको उपचारका निम्ति सरकारलाई अनुरोध छ । राहत कार्यमा जुट्न राप्रपाका साथीहरूलाई आह्वान गर्दछु ।’

उनले पीडित परिवारमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना पनि गरेका छन् ।

बारा र पर्सामा आइतबार आएको आँधीले विध्वंस मच्चाएको छ । आँधीबाट हाललसम्म ३१ को ज्यान गएको छ भने ६ सय बढी घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया