रक्तदान गर्दै उद्दार तथा राहतमा खटिए सत्तारुढ विद्यार्थी संगठन

१८ चैत, काठमाडौं । सत्तारुढ नेकपा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीमा परेकाको उद्धार कार्य थालेका छन् । विद्यार्थीहरुले रगत अभावपछि रक्तदानसमेत गरेका छन् ।

अखिल क्राीन्तकारी प्रदेश २ को आयाजनामा वीरगन्जमा वृहत रक्तदान भइरहेको र आज दिनभरी उद्दार तथा राहतमा खटिने प्रदेश सचिव सूर्यनारायण साहले जानकारी दिए ।

घटनालगत्तै काठमाडौंबाट आइतवार राति नै वीरगन्ज पुगेका अखिल क्रान्तिकारीका उपाध्यक्ष दीपेश पुनको संयोजकत्वमा राहत तथा उद्दार अभियान सञ्चालन भएको हो । विरामीलाई रगत अभाव भएकाले विद्यार्थीहरुलाई रक्तदानका लागि आह्वान गरिएको पुनले बताए । पीडित परिवारलाई राहत समेत वितरण गर्न लागिएको उनले बताए ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन लगत्तै पुनको नेतृत्वको विद्यार्थीको टोली रातारात पर्सा पुगेको थियो । उनीहरु घाइतको उद्दार,उपचार र रक्त संकलनमा सक्रिय रहेका छन् ।

तपाईको प्रतिक्रिया