काठमाडौँ आउँदै गरेको बसमा चेकजाँच गर्दा भेटियो २० लाख

१८ चैत्र, काठमाडौँ । रौतहटबाट काठमाडौँ आएको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको २० लाख रुपैयाँ फेला परेको छ ।

ना ५ ख २२३३ नम्बरको बसलाई गत शनिबार बिहान ७ बजे नागढुङ्गामा चेकजाँच गर्ने क्रममा रौतहटको राजदेवि नगरपालिका वडा नम्बर ७ घर भएका २३ वर्षीय मनोज यादव भन्ने रुबोध कुमार यादवको साथबाट सो रकम फेला परेको हो ।

यादवले भोटो बनाएर वरिपरी खल्तीहरु बनाएर आफ्नो शरीरमा लगाई त्यसको खल्तीमा १ हजारको दरका २ हजार थान नगद लुकाएर ल्याएका थिए ।

उक्त रकमको स्रोत नखुलेको कारण यादवलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही दिन भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु १ ख ९२४२ नम्बरको बसमा चेकजाँच गर्दा लागुऔषधसहित झापाका २४ वर्षीय समिर अधिकारी पक्राउ परेका छन् ।

अधिकारीले झोला भित्र लुकाई छिपाई लिई आएको लागु औषध डाईजेपाम १४७ एम्पल, फेनारगन १४५ एम्पल र नुफिन १४६ एम्पल फेला परेको हो ।

उनलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त थानकोटवाट अनुसन्धान भइरहेको छ ।

रातोपाटी बाट

तपाईको प्रतिक्रिया