हावाहुरी प्रभावितका लागि राहत जुट्न थाल्यो

१८ चैत, काठमाडौं । बारा पर्साका हावाहुरी प्रभावितहरुका लागि राहत जुट्न थालेको छ । प्रदेश २ सरकारले मुख्यमन्त्री राहत कोषमा सहयोग रकम जम्मा गरिदिन आह्वान गरेको थियो ।

राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाना नम्बर १२२०५०३०००००० मा रकम जम्मा गर्न सकिनेछ । साथै मोबाइल बैंकिङबाट पनि कोषमा रकम जम्मा गर्न सकिनेछ ।

त्यसअनुसार विभिन्न संघ संस्थाले सहयोग गर्न थालेका छन् । राष्ट्रिय जनता पार्टीले ५ लाख सहयोगको घोषणा गरेको छ ।

यस्तै तिलोत्तमा नागरपालिका, रुपन्देहीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुले एक दिन बराबरीको तलव भत्ताबाट चार लाख रुपैयाँ मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ ।

नेपथ्य समूह र नेपालयले पनि हावाहुरी प्रभावितहरुका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

वीरगञ्ज लगायतका स्थानमा पनि राहत संकलन सुरु भएको छ ।

तपाईको प्रतिक्रिया