कोरियामा संचालित रास्कोट सामुदायिक डिजिटल अस्पताल आर्थिक सहयोगार्थ अभियान सार्वजनिक गरिने

२१ चैत, काठमाडौं । रबि लामिछाने फाउन्डेसन तथा लोकप्रिय कार्यक्रम “सिधा कुरा जनता संग” न्युज २४ टिमको सक्रियतामा निर्माण हुन लागिरहेको विकट कर्णालीको कालिकोट स्थित रास्कोट सामुदायिक डिजिटल अस्पतालको लागि आर्थिक सहयोगार्थ हाल कोरियामा चलिरहेको अभियान गत डिसेम्बर २२ तारिक बाट सुरवात भएर ३ महिनासम्म निरन्तर तिब्र गतिमा अगाडि बढिरहेको यसै अभियानका सदस्य श्री कृष्ण पुरी ज्युले जानकारी दिनु भयो l

विभिन्न संघ सस्था सगै रास्कोट अस्पताल सहयोग अभियान तथा कोरियाबासी नेपाली सहयोगी दाताहरु, रास्ट्रप्रेमी नेपालीहरुको सक्रियतामा दक्षिण कोरियामा संचालित यस आर्थिक सहयोग संकलन अभियान यही आगामी अप्रिल ७ तारिक आईतवार सम्म सहयोग संकलन कार्य जारी राख्दै सोही दिन नै रास्कोट सामुदायिक डिजिटल अस्पताल सहयोगार्थ सम्पूर्ण सन्कलित आर्थिक विवरण सार्बजनिक गर्दै “हार्दिक धन्यवाद ज्ञापन तथा पत्रकार सम्मेलन कार्यक्रम ” आयोजना गर्न गइरहेको हुँदा रास्कोट सामुदायिक डिजिटल अस्पतालको लागि आर्थिक सहयोगसहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरु,उदार मनका सहयोगीदाताहरु, कोरियामा रहनु हुने विभिन्न संघ सस्था, ब्यबसायी,बिद्यार्थी, पत्रकार,मिडिया प्रमुख तथा प्रतिनिधि,बुद्धिजीवी लगाएत सम्पुर्ण कोरियाबासी आदरणीय नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा बिशेष आभार सहित हार्दिक निमन्त्रणा गर्दै उक्त दिन अर्का अभियानका सदस्य श्री यम श्रेष्ठ ज्युले गरिमामय उपस्थितिको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको जानकारी दिनु भयो l

“धन्यवाद ज्ञापन तथा पत्रकार सम्मेलन कार्यक्रम ”
मिति : आईतवार अप्रिल ०७ । २०१९
स्थान : जोङ्गाक स्टेशन (दुर्गा रेस्टुरेन्टको सभा हल)
समय: मध्यान्ह १२:३० बजे देखि
आयोजक : रास्कोट सामुदायिक डिजिटल अस्पताल सहयोग अभियान कोरिया तथा रास्ट्रप्रेमी नेपाली एकता अभियान दक्षिण कोरिया

Source: Global News Nepal

तपाईको प्रतिक्रिया