फेसबुकले ६० करोड पासवर्ड वर्षौंसम्म स्टोर गरेर राख्यो

बीबीसी

फेसबुकका करोडौं प्रयोगकर्ताका पासवर्ड त्यहाँका २० हजार कर्मचारीका लागि उपलब्ध भएको एक नयाँ रिपोर्टले बताएको छ ।

डाटा सुरक्षाको यो विफलताबारे सेक्युरिटी रिसर्चर ब्रेन क्रेब्सले जानकारी दिएका हुन् । उनका अनुसार फेसबुकले ६० करोड पासवर्ड वर्षौंसम्म प्लेन टेक्स्टमा स्टोर गरेर राखिएको थियो ।

सन् २०१२ मा बनाइएका फेसबुक अकाउन्टका पासवर्ड पनि सार्वजनिक भएका हुनसक्ने उनले बताएका छन् ।

एक वक्तव्य जारी गर्दै फेसबुकले आन्तरिक नेटवर्कमा आफसे आफ पासवर्ड स्टोर हुने समस्या समाधान भइसकेको जानकारी दिएको छ ।

क्रेब्सको यो सूचनापछि फेसबुकका इन्जिनियर स्कट रेन्फ्रोले फेसबुकको आन्तरिक अनुसन्धानपछि उक्त पासवर्डको कुनै दुरुपयोग नभएको बताएका छन् ।

फेसबुकले यो समस्याबारे गत जनवरीमा नियमितको सुरक्षा समिक्षाका बेला पत्ता लगाएको जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया