सञ्चारकर्मी ललित पौडेलको संगीतमा रवि ओड र मेलिना राईको ‘दुई कौडीको बुद्धि’ सार्वजनिक (भिडियो सहित)

१३ वैशाख, काठमाडौं । सञ्चारकर्मी ललित पौडेल र भिम बिसीको संयुक्त संगीतमा ‘दुई कौडीको बुद्धि’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । दैलेख, सुर्खेत, बाँके, काठमाण्डौ लगायतका जिल्लाहरूका सञ्चारमाध्यममा  राम्रै अनुभव बटुलेका ललित पौडेल हाल उज्यालो समाचार डटकम डिजिटल पत्रीकाका प्रधानसम्पादक रहेका छन् । उनै सञ्चारकर्मी पौडेल यसै गीतमार्फत पहिलोपटक सांगीतिक क्षेत्रमा प्रवेश गरेका छन् ।

इट्टाघरेको शब्द रहेको नेपाल आइडल सिजन २ का विजेता रवि ओड र चर्चित गायिका मेलिना राईको आवाज रहेको ‘दुई कौडीको बुद्धि’ मा नायिका बर्षा राउत र रन्जित पौडेल ले अभिनय गरेका छन् ।

उदयराज पौडेलले संगीत संयोजन गरेको यो गीत किशोर थापाले रेकर्ड, मिक्सिङ गरेका हुन् ।
निकेश खड्काको निर्देशन तथा सुबोल थाया र राजेन्द्र कटुवालको कोरियोग्राफिमा बनेको यस गीतको म्युजिक भिडियोमा नायिका वर्षा राउत र रञ्जित पौडेलको अभिनय देख्न सकिन्छ ।
बुद्ध थापाको छायांकन र विकाश धमलाको सम्पादनमा इट्टाघरे प्रोडक्सनले तयार पारेको यस गीतको म्युजिक भिडियो मेलिना राईको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न को लागि तल क्लिक गरेर हेर्न सक्नुहुनेछ ।

https://www.youtube.com/watch?v=OosxCD1xGJA

 

तपाईको प्रतिक्रिया