सरकारले शिक्षा, स्वास्थ्य र कृषिमा नयाँ ढङ्गले काम गरेर जनतामा आशा जगाएको छ : प्रधानमन्त्री ओली

१५ वैशाख,  काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले सरकारको पहिलो वर्ष कानून निर्माण गर्ने आधार वर्षका रुपमा वितेकाले अब सरकारले विकासले तीब्र गति लिने गरी काम गर्ने बताउनुभएको छ ।
राष्ट्रिय योजना आयोगको आज बसेको पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारले सुखी, समृद्ध र विकसित नेपाल बनाउन खोजेकाले सबै क्षेत्रमा सोही अनुसार आधार तयारी गरेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले शिक्षा, स्वास्थ्य र कृषिमा नयाँ ढंगले काम गरेर जनतामा आशा जगाएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले अब कुनै पनि बालबालिका खान नपाएर सडकमा भौतारिँदै हिँड्न नपर्ने स्पष्ट गर्नुभयो ।
बैठकले आगामी पन्ध्रौं आवधिक योजनाको मस्यौदाको अवधारणापत्रलाई अन्ति रुप दिई मन्त्रिपरिषद् बैठकमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।
सोही बैठकमा प्रधानमन्त्री ओलीले केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको नेपालको पहिलो एकीकृत तथ्याङ्क पोर्टल ‘नेशनलडाटा डट जिओभी डट एनपी’ ९लबतष्यलबमिबतब।नयख।लउ० शुभारम्भ गर्नुभयो ।
सङ्घ, प्रदेश र स्थानीय तहका भूगोल, प्राकृतिक स्रोत साधन, सम्भावना र दिगो विकास लक्ष्य लगायतका आधारमा तथ्याङ्क प्रशोधन गरिएको पोर्टल संचालनमा ल्याइएको हो ।

तपाईको प्रतिक्रिया