भारतीय प्रधानमन्त्री मोदीको हत्या गर्न भन्दै सुपारी बाँड्ने पूर्व सैनिक जवानविरुद्ध उजुरी

२४ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्न सुपारी दिएको आरोपमा भारतीय सेनाका एक पूर्व जवान विरुद्ध उजुरी परेको छ । लोकसभा निर्वाचनमा प्रधानमन्त्री मोदीविरुद्ध चुनावी मैदानमा समेत उत्रिएका पूर्व सैनिक जवान तेजबहादुर यादवविरुद्ध उजुरी परेको हो । वराणसीबाट चुनाव लड्न लागेका यादवको उम्मेद्वारी भने खारेज भैसकेको छ ।

यादवले प्रधानमन्त्री मोदीको हत्या गर्न सुपारी समेत दिएको भन्ने भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सो भिडियोका आधारमा प्रधानमन्त्री मोदीको हत्या गर्न सुपारी बाँडेको आरोप अधिवक्ता कमलेशचन्द्र त्रिपाठीले प्रहरीमा केस दर्ता गरेका छन् ।

यादव भातीय सीमा सुरक्षा बलका पूर्व जवान हुन् । उनले लोकसभा निर्वाचनमा प्रधानमन्त्री मोदी चुनाव लड्न लागिएको वराणसीबाट उम्मेद्वारी दर्ता गरेपछि हंगामा मच्चिएको थियो तर पछि दुईपटक उम्मेद्वारी दिन नमिल्ने भन्दै जिल्ला निर्वाचन आयोगले उनको उम्मेद्वारी खारेज गरिदिएको थियो ।

एजेन्सी

तपाईको प्रतिक्रिया