अष्ट्रेलियाको प्रधानमन्त्रीमा मोरिसनको चमत्कारिक जित

५ जेठ, अष्ट्रेलिया ।  अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले संघीय चुनावमा आफ्नो कन्जरभेटिभ गठबन्धनलाई फेरि पनि चुनिएकोमा मतदातालाई धन्यवाद दिएका छन् । आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले आफूलाई सधैं चमत्कारमा विश्वास भएको बताएका छन् । यसअघि लिबरल नेशनल गठबन्धनलाई बहुमतको नजिक मात्रै देखाइएको थियो । उता अष्ट्रेलियाको लेबर पार्टीका नेता बिल शर्टनले आफ्नो पार्टीको पराजय स्वीकार गरेका छन् । उनले आफूले पार्टीको नेताबाट राजीनामा दिने समेत जनाएका छन् ।

चुनावको अन्तिम परिणाम अझैपनि आउन बाँकी छ । यद्यपि ७० प्रतिशत भन्दा बढी मत गणना गर्दा गठबन्धनले विजय हासिल गरिसकेको छ । गठबन्धन धेरै अघि देखिएको छ । गठबन्धनलाई बहुमतका लागि ७६ सिटको आवश्यकता रहेको भए पनि ७४ सिटमा अघि रहेको छ । लेबर पार्टी ६६ सिटमा अगाडि रहेको छ । अष्ट्रलियामा शनिबार भएको आम निर्वाचनमा १ दशमलब ६४ प्रतिशत मतदाता थिए ।

नतिजाबाट हैरान

सिड्नीस्थित बीबीसी संवाददाता हाइवेल ग्रिफिथका अनुसार यो नतिजा सायद नै कसैले अपेक्षा गरेका थिए । उनले यस्तो परिणाम आउँदैछ भन्ने अपेक्षा गर्ने व्यक्ति भेट्नै नसकेको बताएका छन् ।

पछिल्ला दुईवर्षमा जति ओपिनियन पोल भएका थिए त्यसमा गठबन्धन लेबर पार्टी भन्दा पछाडि थियो । र, बताइँदै आएको थियो कि यसपालि सरकार बनाउने पालो लेबर पार्टीको हो । तर, अन्तिममा स्कटले मतदाताहरुलाई आफ्नोतर्फ मोड्न सफलता प्राप्त गरेका छन् ।

अष्ट्रेलियाको लेबर पार्टीका नेता शर्टनले पार्टी सदस्यलाई सम्बोधन गर्दै लेबर पार्टी आगामी सरकार बनाउनका लागि सफल नहुने बताएका छन् । उनले मोरिसनलाई बधाई दिनका लागि फोन गरेका थिए । उनले अर्को पटक आफू लेबर पार्टीको नेताका लागि चुनाव नलड्ने समेत घोषणा गरेका छन् ।

मोरिसनले आफ्ना विपक्षीलाई धन्यवाद ज्ञापन गरेका छन् । अष्ट्रेलियामा हरेक तीन वर्षमा चुनाव हुने गरेको छ । यद्यपि पछिल्ला केही वर्षमा कुनैपनि सरकार स्थिर हुन सकेका थिएनन् । सन् २००७ साल देखि कुनै पनि सरकारले आफ्नो कार्यकाल पूरा गर्न पाएका थिएनन् । मोरिसनले आफ्नो सरकारलाई एकजुट बनाएको जनाएका छन् । लिबरल पार्टी र उनको सहयोगी नेशनल पार्टीको गठबन्धन ९ महिना पहिला बनेको थियो ।

मोरिसनको सरकार मैल्कम टर्नबुललाई हटाएर सत्तामा आएको हो । पोलका क्रममा अर्थव्यवस्थामा महंगी, पर्यावरण तथा स्वास्थ्यमा जोडिएका मुद्दा निकै नै महत्व राख्ने खालका भएको बताइएका थिए । युवा मतदाताका बीच जलवायुसँग जोडिएका चिन्ता देखिएका थिए । मोरिसनले शुरुवाती चुनाव अभियानमा अर्थव्यवस्थालाई आफ्नो मुद्दा बनाएका थिए ।

बीबीसी

तपाईको प्रतिक्रिया